शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (१९ तस्बिरमा हेर्नुहोस्)

शनिबार, ०७ भदौ २०७६, १३ : २१
शनिबार, ०७ भदौ २०७६

काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार राजधानीको माइतीघरमा  प्रदर्शन गरिएको छ । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो । 

प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नभएपनि फसाउन खोजिएको दाबी गरेका थिए । 

साउन २० मा पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेपछि सार्वजनिक भएको भिडियोका आधारमा लामिछानेसहित अस्मिता कार्की र पत्रकार युवराज कँडेल पक्राउ परेका थिए । 

उनीहरु पक्राउ परेसँगै रवि समर्थकले निरन्तर रिहाइको लागि दवाव दिँदै आन्दोलन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप