बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डा. केसीको  सत्याग्रह एक निशाना, दुई शिकार

आइतबार, २९ साउन २०७४, १३ : २०
आइतबार, २९ साउन २०७४

प्रसिद्ध नाटककार सेक्सपियरले सन् १६०२ तिर एउटा नाटक ह्याम्लेट लेखेका छन् । त्यो नाटक हालको डेनमार्कको सेरोफेरोमा लेखिएको नाटक हो । उक्त नाटकमा ‘क्लाउडियस’ले राजकुमार  ह्याम्लेटको पिता तथा राजाको हत्या गर्छ ।  त्यसपछि,  ह्याम्लेटको आमा अर्थात्  माहरानी ‘गेर्ट्रुड’लाइ बिहे गर्छ । त्यस पछाडि, ह्याम्लेटको पिता प्रेत आत्मा स्वरुप भूत बन्छन् । ह्याम्लेटलाई उनको हत्या क्लाउडियसले गरेको सबिस्तार बताउँछन् । .त्यसको बदला स्वरुप ह्याम्लेटले ‘क्लाउडियसलाई मार्न जान्छ । तर भुलवश पोलोनिस, ‘क्लाउडियस’को राज सल्लाहकार मरिन्छ । त्यसपछि, पोलोनिसको छोरा लेर्तेसले  बदला लिन ‘ह्याम्लेट’लाई मार्नका लागि लडाइ गर्छ ।  त्यो लडाइँमा क्लाउडियसले लेर्तेसको साथ दिन्छ । क्लाउडियसले  ‘ह्याम्लेट मार्न     रक्सीमा ‘विष’  मिसाउँछ ।  ह्याम्लेट  र  लेर्तेस बीचमा घमासान युद्ध हुन्छ ।  तर ‘गेर्ट्रुडले थाहा नपाईकन उक्त विष पिउँछिन् र उनको मृत्यु हुन्छ ।  अन्त्यमा लेर्तेसको लडाइँमा मृत्यु हुन्छ । यसप्रकार एकअर्काको प्रतिशोध लिने क्रममा यस प्रकारको तमाम घटना तथा चक्रव्यूहमा  रुमलिन्छन् । ठीक त्यस्तै अहिले मुलुक राजनीतिक चक्रव्यूह र भागबन्डाको सिकार बनेको छ । यसमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र राजनीतिक दुर्गन्धको सिकार बन्नु नेपाल र तमाम नेपालीका लागि लज्जाको विषय हो नै तर नेपालले ढिलै भए पनि  डा गोविन्द केसीको नाममा एक सत्याग्रही महापुरुष पाएको छ । जसले सुशासन र विधिको साशनका लागि हिंसात्मक आन्दोलन होइन, अहिंसात्मक सत्याग्रह सयौँ गुणा बलवान हुन्छ भन्ने सन्देश दिएका छन् ।  स्वार्थरहित उनको यो आन्दोलनलाई सम्पूर्ण नेपालीको साथ र ऐक्यबद्धता त छ नै, साथसाथै, अहिले नेपाली मेडिकल कलेज र स्वास्थ्य क्षेत्र केसीमय बनेको छ । 

को हुन् डा. गोबिन्द केसी 
५६ वर्षीय डा.  गोविन्द केसी एक अर्थोपेडिक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनशन बस्दै आएका छन् । हाल ११औँ पटक स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता र राजनीतिक हस्तक्षेपमुक्त अभियानको लागि सङ्घर्सरत एक आन्दोलन को नाम बनिसकेको छ । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधीन कार्यसम्पादनको माग राखी विभिन्न पटक अनशन बसिसकेका छन्  । तर  संसदीय समितिले शुक्रबार पारित गरेको चिकित्सा शिक्षा विधेयकले ‘आन्दोलनको मर्म समेट्न नसकेको’ भन्दै डा. गोविन्द केसीले अनसन फिर्ता लिन अस्वीकार गरेका छन् । यही कानुन पारित भए मेडिकल कलेजलाई सम्बन्धन दिन फेरि जालझेल हुन सक्ने भन्दै डा. केसीले असहमति जनाएका छन  ।

पहिलो तथा दोस्रो अनशनका क्रममा त्रिविमा राजनीतिक हस्तक्षेप बन्द गरी वरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्ने माग राखेका डा. केसीले १०औं अनशनसम्म वरिष्ठताका आधारमा डीन नियुक्त गरिनुपर्ने तथा नियुक्तिमा चलखेल गर्ने त्रिवि उपकुलपति तीर्थ खनियालाई बर्खास्त गरिनुपर्ने माग राखेका थिए  । त्यसैगरी एमबीबीएस तथा बीडीएस शुल्क सरकारले तोकेअनुसार हुनुपर्ने, आईओएमलाई स्वायत्त बनाइनुपर्ने, माथेमा प्रतिवेदनमा आधारित रहेर चिकित्सा शिक्षा ऐन पारित गरिनुपर्ने र त्यो नहुदाँसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने डा. केसीले माग राखेका थिए  ।

उनले कुनै भरियाविना, प्रचारप्रसार नगरी बिरामी र स्वास्थ्य चौकी खोज्दै गाउँ डुल्न थालेको २० वर्षभन्दा बढी भइसकेको छ । देशका ७५ वटै जिल्ला पुगिसकेका छन् । चिकित्सा पेसाका लागि कुनै समय, सीमा र भौगोलिक विकटताले रोकिनु हुँदैन भन्ने विश्वास राख्ने केसीले पेसा अँगाल्दा लिएको विश्वास होे । यही विश्वासमा अडिएर सेवाको कुनै भूगोल हुदैन भनेझैँ उनी विदेश जहाँसुकै प्रकोपका ठूला घटना हुन्, पुगेर निःस्वार्थ सेवा गरिसकेमा केसी यस्ता सत्याग्रही शिखर पुरुस हुन्, जसले सेवालाई जीवनको पहिलो प्राथमिकता र नेपालको स्वास्थ्य संस्थाहरुलाई दक्षिण एसियाको सबभन्दा राम्रो स्वास्थ्य सस्थाका रुपमा विकशित गर्न चाहेको इच्छा व्यक्त गरेका छन्  । हालसम्म यी माहापुरुष  हैजा महामारीको चपेटामा परेको जाजरकोटदेखि भूकम्पले सोत्तर बनेको हाइटी, पाकिस्तान, भूकम्पले विक्षिप्त बनेको  भारतको गुजरातसम्म उनी आफ्नै खर्चमा उपचारका निम्ति पुगी सकेका  छन्  ।

डा केसीको सत्याग्रह 
‘अनशन’ या ‘आमरण अनशन’ सार्वजनिक भलाइका र अधिकारका मुद्दा उठाउन या कुनै अन्याय तथा अनियमितताविरुद्ध आवाज उठाउन प्रयोग हुने अन्तिम ‘नैतिक शक्ति’ को उपयोग हो । भारतमा सन् १९२० को दशकदेखि १९४७ को पूर्वाद्र्धसम्म महात्मा गान्धीले पटकपटक ‘अवज्ञा’ र अनशनद्वारा ब्रिटिस साम्राज्यको समाप्तिका लागि राजनीतिक अगुवाइ गरे । उनको अहिंसा र अनशनका मान्यताविपरीत उनकै अनुयायीले हिंसात्मक व्यवहार प्रदर्शन गर्दा गान्धीले आन्दोलनसम्म फिर्ता लिएका थिए । नेपालमा २०४२ सालमा प्रजातन्त्र स्थापनाका लागि कृष्णप्रसाद भट्टराईले सत्याग्रह र अहिंसात्मक आन्दोलनको नेतृत्व गरिरहँदा रामराजाप्रसाद सिंहले राष्ट्रिय पञ्चायत तथा केही सार्वजनिक थलोमा बम विस्फोट गरेपछि गान्धीकै शैलीमा भट्टराईले आन्दोलन फिर्ता लिएका थिए ।

एक निशानामा दुुई शिकार
डा केसीको सत्याग्रहले हामी माझ गतिलो नजिर प्रस्तुत गरको छ । देशमा चाहिने ठूल्ठुला परिवर्तनका लागि तोडफोड, बन्द हड्ताल नै गर्न पर्दैन । सबभन्दा शक्तिशाली हतियार भनेको नैतिक तथा अहिंसात्मक हतियार नै हो ।  मानवलाई तह लगाउन  अर्को असल मान्छे  भए पुग्छ । अनि जनावरलाई तह लगाउन निर्जीव चाहिन्छ । कुनै पनि मान्छेका अगाडि सर्प वा बाघ आओस् त ऊ आफँ किनारा लाग्छ । अनि बाघ वा सर्पलाई आगो देखाउनुस् त ती आफँै किनारा लागेर जान्छन् । त्यसकारण, समस्याको समाधानका लागि एक असल मान्छेले सजिलै समाधान गर्न सक्छ । दोस्रो सिकार भनेको डा. केसीको एउटा प्रमुख माग मेडिकल कलेजहरूलाई काठमाडौंमा मात्र केन्द्रित हुन दिनुभएन भन्ने हो। मनमोहन मेडिकल, पिपल्स डेन्टल, काठमाडौँ नेसनल र नेपाल प्रहरीका गरी चारवटा काठमाडौँकेन्द्रित मेडिकल कलेज सम्बन्धनको पर्खाइमा थिए । केसीले आन्दोलन सुरु नगरेका भए ती चारैवटा सञ्चालनमा आइसकेका हुन्थे। शिक्षा मन्त्रालयबाट आसयपत्र (लेटर अफ इन्टेन्ट) पाएका थप १२ मेडिकल कलेज पनि २०७० र ७१ भित्रै खुलिसकेका हुन्थे । ती अधिकांश काठमाडौँ केन्द्रित नै थिए । यी १६ मेडिकल कलेजले सम्बन्धन माग गर्दा आईओएमले थप कलेज धान्न नसक्ने निर्णय गरिसकेको थियो । काठमाडौँ विश्वविद्यालयले पनि ‘नियमन गर्न कठिनाइ भएको’ भन्दै सम्बन्धन बन्द गर्ने निर्णय गरेको थियो । दुवै विश्वविद्यालयले हात उठाउँदा पनि राजनीतिक दबाब र लेनदेनका भरमा ती मेडिकल कलेज छिराउन खोजिएको हो । निजी मेडिकल कलेजहरूले एमबीबीएसमा प्रतिविद्यार्थी कम्तीमा ५० लाख असुल्छन् । त्यसकारण, डा. केसीको सत्याग्रहलाई हृदयदेखि नै सलाम ! 

हाल : बेलायत 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

युवराज पाण्डे
युवराज पाण्डे
लेखकबाट थप