पतञ्जली आयुर्वेदका ‘सिइओ’ आचार्य बालकृष्ण अस्पताल भर्ना
काठमाडौं । पतञ्जली आयुर्वेदका ‘सिइओ’ आचार्य बालकृष्ण अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।
पतञ्जली योगपीठका बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो ।
स्वास्थ्यमा समस्या आएपछि बालकृष्णलाई पहिला पतञ्जली योगपीठ नजिकै रहेको भुमानन्द अस्पतालमा भर्ना गरिएपनि त्यहाँ उपचार हुन नसकेपछि उक्त अस्पतालका डाक्टरले उनलाई ऋषीकेशस्थित एम्सका लागि रिफर गरेका हुन् ।
बालकृष्ण अहिले कसैलाई पनि चिन्न सक्ने र बोल्न सक्ने अवस्थामा छैनन् । उनको अवस्था सामान्य हुन केहीसमय लाग्ने अस्पतालले जनाएको छ ।
एम्सले जारी गरेको आचार्य बालकृष्णको हेल्थ बुलेटिन अनुसार स्थानीय समय अनुसार पौने पाँच बजे उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा उनी बेहोस अवस्थामा थिए ।
बालकृष्णको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी