शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश प्रहरीलाई १४ गाडी

शुक्रबार, ०६ भदौ २०७६, २१ : २५
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं- आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले कर्णाली प्रदेश प्रहरीलाई गाडी हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीलाई आज साँचो हस्तान्तरण गरेका छन्  । साँचो हस्तान्तरण गर्दै कानूनमन्त्री भण्डारीले प्रदेशको शान्ति सुरक्षा मजबूत बनाउन र जनताको दैनिक समस्या यथासम्भव समाधान गर्न दुईचरण गरेर १४ गाडी हस्तान्तरण गरिएको बताए ।

साँचो ग्रहण गर्दै प्रहरी नायब महानिरीक्षक जोशीले कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये अभाव र बढी आवश्यकता भएका जिल्लाको अवस्थालाई मध्यनजर गरेर गाडी प्रदान गर्ने बताए । “भौगोलिक विकटताले बनाएको अप्ठ्यारोलाई प्रदेश सरकारको यो कामले सजिलो बनाएको छ,” उनले भने, “यस कार्यले प्रहरीको मनोबल बढाउनुको साथै कार्यसम्पादनमा प्रभावकारिता ल्याउने देखिन्छ ।”

प्रदेश सरकारले बलेरो क्याम्पर र टाटा कम्पनीका गाडी प्रदान गरेको मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालले जानकारी दिए । उनका अनुसार आव ०७५/७६ अन्तर्गत गाडी खरीदका लागि विनियोजित रु आठ करोड बजेटमा रु छ करोड २९ लाख ९५ हजारको गाडी प्रदेश प्रहरीलाई हस्तान्तरण गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप