बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख खानकी दिदीबारे थाहा नभएका निराशाजनक जीवन कथा यस्तो

आइतबार, २९ साउन २०७४, १३ : ०८
आइतबार, २९ साउन २०७४

शाहरुख खान लाइट, क्यामरा, एक्सनको चकाचौंधमा वर्षौंदेखि रमाइरहेका छन् । उनी चर्चामा रहेकाले पापाराजीले उनको परिवारलाई पनि निकै फलो गर्ने गर्दछ । शाहरुख खानले आफ्नो जीवनमा विभिन्न उतार–चढावको सामना गरे । उनी बलिउडका ‘सेल्फ मेड म्यान’ हुन् ।

शाहरुख खानका सन्तानको साना–तिना कुरा पनि समाचारको हेडलाइन बन्ने गर्दछ । तर उनको दिदीबारे कसैले पनि कुरा गर्दैनन् । हो, तपाईंले ठिक पढ्नुभयो । तपाईंमध्ये धेरैलाई थाहा नहोला कि शाहरुखका दिदी पनि छिन् । यदि तपाईंलाई थाहा छ भने पनि उनीबारे धेरैकुरा पक्कै थाहा छैन ।

अबराम, आर्यन, सुहाना र श्रीमती गौरीका साथै शाहरुख खानले आफ्नी दिदी शेहनाज लालारुख खानलाई अत्यधिक माया गर्छन् । तर उनी लाइमलाइटबाट टाढै बस्छिन् । वास्तवमा, उनी कुनैबेला डिप्रेशनको शिकार हुन् ।

शाहरुख खानले सानै उमेरमा आमाबुवा गुमाएको कुरा धेरैलाई थाहा छ । त्यतिबेलादेखि घरको सम्पूर्ण जिम्मेवारी भाइ शाहरुखको काँधमा आइलाग्यो । बुवाको मृत्यु भएलगत्तै उनकी दिदी डिप्रेसनकी रोगी भइन् ।

जीवन परिवर्तन गरिदिने रातः

बुवाको मृत शरिर देखेपछि उनी मुर्छा परिन् । बुवाको मृत्युले उनको मस्तिष्कमा ठूलै आघात पुर्यायो । उनी लगातार बिरामी हुन थालिन् । लगत्तै उनी डिप्रेशनमा परिन् । यी कुरा शाहरुख खान आफैंले एक अन्तर्वार्तामा खुलाएका थिए । उनका अनुसार उनकी दिदीले दुई वर्षसम्म डिप्रेशनसँग लडिन् । शाहरुखको ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को सुटिङ गरिरहेका बेला दिदी पुनः डिप्रेशनमा पुगेको बताए । त्यसपछि उनले उपचारका लागि दिदीलाई स्विटजरल्याण्ड पुर्याए ।

उनको उपचार...

‘तुझे देखा तो ए जाना सनम’ को सुटिङ भइरहेको स्थानभन्दा केही पर उनको दिदीको उपचार भएको शाहरुख खानले सम्झिए । उपचारपश्चात् उनको स्थितीमा केही सुधार आयो तर उनी पूर्ण रुपमा निको हुन सकिनन् ।

यद्यपी, उनको स्थिती अहिले स्थिर छ, उनी लाइमलाइटबाट भने टाढै बस्न रुचाउँछिन् । त्यसकारण उनलाई कहिले पनि पार्टी र कार्यक्रममा देख्न पाइँदैन । यता शाहरुख खान भने एक असल श्रीमान् र बुवाका साथै जिम्मेवार भाइको भूमिका पनि निभाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप