साफ यू–१५ मा नेपालको पहिलो जित
शुक्रबार, ०६ भदौ २०७६, १९ : ४२
काठमाडौं-भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । भारतको कल्याणीमा शुक्रबार भएको खेलमा नेपालले श्रीलंकालाई २–० गोलले हरायो । नेपालको जितमा शशांक बोहोरा र अशिम राईले गोल गरे । नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । शशांकले ४६औं मिनेटमा गोल गरेका थिए ।
८३ औं मिनेटमा अशिमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । जितसँगै नेपालले दुई खेलबाट तीन अंक बनाएको छ । नेपाल पहिलो खेलमा आयोजक भारतसँग ५–० गोलले पराजित भएको थियो । नेपालले अब तेस्रो खेलम मंगलबार बंगलादेश र अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ ।
नेपाल सहित बंगलादेश, भारत, श्रीलंका र भुटान सम्मिलित प्रतियोगिताका खेल राउन्ड रोविनको आधारमा सञ्चालन भएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने