शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरीद्वारा ४६ सवारी साधनसहित डेढ करोडको अबैध सामान बरामद

शुक्रबार, ०६ भदौ २०७६, १९ : २३
शुक्रबार, ०६ भदौ २०७६

रौतहट- रौतहट प्रहरीले ठुलो परिमाणमा अबैध भारतीय सामानका साथै तीनवटा चारपांग्रे गाडी र ४३ वटा मोटरसाईकल बरामद गरेको छ । सिमावर्ती भारतीय बजारहरुबाट भन्सार छली तस्करीको माध्यमले रौतहट भित्र्याउने क्रममा अबैध कपडा, किराना, कस्मेटिक्स, लगायतका डेढ करोड मूल्यभन्दा बढीको सामान र उक्त गाडी प्रहरीले बरामद गरेको हो ।

यो वर्षको चार महिनाभित्र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विषेश टोली र जिल्लाका विभिन्न युनिटले कूल १ करोड, ५९ लाख, चार सय ३९ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता नविन कार्कीले बताए ।

सोही अवधिमा तस्करीमा प्रयोग गरिएको तीनवटा चारपांग्रे गाडी र ४३ थान मोटरसाईकल बरामद गरेको प्रवक्ता कार्कीले बताए । पछिलो समय रौतहटमा तस्करी बढदै गएको गुनासो आउन थालेपछि प्रहरीले सो कदम चालेको थियो ।

साथै सो क्रममा तस्करीमा संलग्न ११ जना तस्कर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लाको सिमावर्ती भारतीय बजार बैरगनिया, कुण्डवा चैनपुर, घोडाशहन, छौडादानो लगायतका बजारबाट तस्करहरुले विभिन्न भारतीय सामान खरिद गरी नरकटिया, राजपुर, बंकुल र कचोर्वा नाकाबाट सामान जिल्लामा भित्र्याउने गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप