बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी खनालले भेटे रवि लामिछाने

शुक्रबार, ०६ भदौ २०७६, १९ : १३
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय चितवनको हिरातसतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई भेटेर आईजीपी खनालले अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका हुन् । 

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएपछि लामिछानेसहित तीनै जना गत हप्ता काठमाडौंबाट पक्राउ परेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप