शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सचेतकको घरमा बम विष्फोटन गराउने विप्लव समूहका ३ नेता पक्राउ

शुक्रबार, ०६ भदौ २०७६, १८ : ५८
शुक्रबार, ०६ भदौ २०७६

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले असार ३१ गते प्रदेश पाँचका नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा घरमामा बम विष्फोटन गराएको अभियोगमा ३ जना प्रकाउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक न.पा.– ११ बस्ने ५० बर्ष का विक्रम यादव र रुपन्देही गैडहवा गा.पा.६ बस्ने ४३ बर्षका रुदल यादव रहेका छन् ।

यस्तै प्रमुख सचेतकको घरमा क्षति पुर्याएको अभियोगमा जिल्ला रुपन्देही सियारी गा.पा.–४ ओर्लहवाका ६३ बर्षीय बिष्णु प्रसाद तिवारी (मुकेश) पनि प्रकाउ परेको प्रहरीले जनाएको छ । तीनैजना विप्लव समूहका नेता हुन् । 

विक्रम नेकपा माओवादीका (विप्लव) जिल्ला कार्य समिति रुपन्देही सदस्य, रुदल प्रादेशिक जनसरकार सदस्य र मुकेश जिल्ला कार्यसमिती रुपन्देही सचिवालय सदस्य रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । 

उनीहरुले साउन ३१  गते राती रुपन्देही सैनामैना नगरपालिका–८ शान्ति टोल बस्ने ५ नं. प्रदेशका प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नं. प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा पार्किङ गरिराखेको लु१झ ४५६ नम्बरको सवारी साधनमा आगजनी गरेको प्रहरीको भनाई छ ।

प्रहरीले उनीहरुलाई अर्को दिन साउन ३२ गते प्रकाउ गरेको थियो । घटना भएको भोलिपल्टै पक्राउ गरेपनि आज मात्र प्रहरीले प्रेस विज्ञप्ती जारी गरेको थियो ।

उनीहरुमाथि साउन १५ रुपन्देही गैडहवा गा.पा.वडा नं.२ सानो धुपही  एनसेल टावर आक्रमण गरेको अभियोगमा इलाका प्रहरी कार्यलय लुम्बिनीले विफोष्टन पदार्थ तथा आगलागी शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भईरहेको जनाएको छ ।

उनीहरु एनसेल टावरको कम्पाउण्डमा लगाएको तारको जाली काटी भित्र प्रवेश गरेका थिए । जहाँ टावर र मेसिन जोडिएको तारहरुमा आगो लगाई बम पड्काइ क्षति पुर्याएको प्रहरीको भनाई छ ।

पक्राउ परेका तीनैजना विरुद्ध ई.प्र.का. बुटवल रुपन्देहीमा बिष्फोटक पदार्थ सम्बन्धी शीर्षकमा मुद्दा भई अनुसन्धान भईरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप