यामाहा एमटी १५ को प्रि बुकिङ्ग शुरु
काठमाडौं– यामाहा एमटी १५ को प्रि बुकिङ्ग शुरु भएको छ । एमटी १५ लाई यही भाद्र ७ गते एलओडी (लर्ड अफ ड्रिन्क्स) एक भव्य समारोहबीच सार्वजनिक गरिने भएको छ । यामाहाले उपत्यकाभरी सम्पूर्ण बाइक राइडरहरुलाई सामाजिक सञ्जालमा गरिएको दर्ताको आधारमा छनौट गरेर यो एमटी सार्वजनिकीकरण समारोहको प्रत्यक्षदर्शी बन्न आमन्त्रण गरेको छ ।
साथसाथै उनीहरुलाई यो समारोह सेलिब्रेटी अतिथिहरु रोडिजको निर्णायकद्वय रेमण्ड दास श्रेष्ठ र लाहुरेको साथमा रहेर हेर्न सकिन्छ । यसका साथै एमटीलाई नेपालको सडकहरुमा हुँइक्याउन सबैभन्दा पहिले बुक गर्ने पहिलो डार्क वारियरलाई पनि समारोहमा निम्तो दिइएको छ ।
एमटी सिरिजहरु धारकहरु हुन् जसले एक प्रवृत्तिका साथ असाधारण कार्यक्षमता प्रदर्शन गर्दछ जसले सडकहरुलाई हल्लाइ दिन्छ । एमटीले टर्कको मास्टर भन्ने अर्थ राख्छ, यसको कारण होः शक्ति र सुनिश्चित्ताका साथ जुन उनीहरुलाई वस्तुतः अतुल्य बनाउँछ ।
यसको डिजाइनका साथ यसले पूर्णतः डार्क साइड अफ जापानको प्रतिनिधित्व गर्दछ जसले तपाईंलाई त्यो व्यक्ति उजागर गर्न दवाब दिन्छ जसले सडकमाथि आफ्नो आधिपत्य जमाउँदछ ।
यस सिरिजले बेरहमी शक्ति र फूर्ति प्रदान गर्दछ जसले तपाईंलाई जस्तोसुकै गतिमा तपाईंको मेसिन माथि पूर्ण नियन्त्रण कायम गर्न भरपूर सहयोग गर्दछ । हरेक पटकको हँकाई मजबुत टर्क र तीव्र वेगगतिको संयोजनयुक्त सुपर स्पोर्टस् बाइकको प्रविधिका साथ पूरापूर जोशले भरिएको हुनेछ । एक अनुभवमा प्राप्त परिणाम जसले तपाईंको आत्मालाई इन्जिनको तालसँग जोड्नेछ ।
यामाहा एमटी १५ द डार्क वारियरको प्रि बुक भव्य शुभारम्भसँगैं खुला भएको छ, जहाँ ग्राहकले डार्क साइडमा जोडिने अवसर पाउन सक्नेछन् । यस सम्बन्धी विस्तृत जानकारीका लागि नजिकैको यामाहा शोरुममा जानुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
गण्डकीका प्रदेश प्रमुख र सरकारबाट अदालतको अवहेलना भयो : कांग्रेस
-
कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद