केन्द्रीय संस्करण

श्रीमतीकै योजनामा श्रीमानको हत्या

person explore access_timeभदौ ६, २०७६ chat_bubble_outline0

निकेश खनाल

महोत्तरीको  बर्दिबास नगरपालिका–३ घर भएका श्रवण थापाकी  श्रीमती पूजा थापाले नै पेसेवर अपराधी मार्फत्  श्रीमानको हत्या गराएको खुलासा भएको छ ।

महोत्तरी प्रहरीका अनुसार बर्दिवास नगरपालिका–३ गौरिडाँडाका ३६ वर्षे सरोज भनिने श्रवन थापालाई श्रीमती पूजा थापाको योजनामा  श्रवणको हत्या गराएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जानकारी दिए।

मृतकको शव असार ३१ गते बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास ३ स्थित स्मृति पार्क नजिकै फेला परेको थियो । पूजाले माइतीको बहिनीमार्फत पेसेवर अपराधी लगाएर श्रीमानको हत्या गर्न लगाएको अनुसन्धानबाट खुल्न आएको छ।

मृतकको टाउकोको पछाडि ढुङ्गा र रडले हिर्काएर हत्या गरिएको पोष्टमार्टमले देखाएको छ । हत्याको आरोपमो ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका–३ हरकटवाका प्रमोद सिंह, वडा–२ का मुकेश साह, रौतहटको गढीमाई नगरपालिका–६ बखरीका जिला भनिने श्रीनारायण महरा र टिआई सहनी पक्राउ परेको महोत्तरी प्रहरीले जनएको छ । हत्या गराउन पूजाले साढे ४ लाख पक्राउ पर्नेहरुलाई  दिएकोे खुलेको छ । हत्यामा एक दर्जनविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन् । जस्मध्ये अन्य आरोपीे फरार छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौं, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बर्दिबास सहितका प्रहरी टोलीले एक महिनादेखि  हत्याको अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी अनुसन्धान अधिकृत अशोक शाहले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...