साहिमा र भूमिका उत्कृष्ट गायिका, भिडियो निर्देशकमा नबिन (अवार्ड पाउनको सूचिसहित)

काठमाडौं – गायिका साहिमा श्रेष्ठ र भुमिका गिरी उत्कृष्ट गायिका घोषित भएका छन् । धादिङको ओम शान्ति चलचित्र मन्दिरमा आयोजित ‘तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४’मा यी गायिका उत्कृष्ट घोषित भएका हुन् । अवार्डमा साहिमाले आधुनिक र भुमिकाले लोक गीत बिधामा उत्कृष्ट अवार्ड हात पारेका हुन् ।
नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजना रहेको यो अवार्ड मोफसलबाट आयोजना हुँदै आएको गीत संगीतको एकमात्र राष्ट्रिय अवार्ड हो । अवार्डमा उत्कृष्ट गायक आधुनिक तर्फ कृष्ण काफ्ले चँुनिदा मौसम गुरुङ घोषित भए ।
सो समारोहमा उत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड आधुनिक तर्फ नविन गुरुङ र लोक तर्फ प्रकाश भट्टले थापो । बिभिन्न २७ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा पत्रकारिता पुरस्कार रंग पत्रकार कुबेर गिरी र लोकसञ्चारकर्मी पुरस्कार चन्द्रमणि गौतमलाई ५,५५५ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कलाकार रश्मि तामाङ ३३,३३३ नगदसहित र इभेन्ट निर्देशक निशुकान्त झा विशेष सम्मानद्धारा वरिष्ठ रंगपत्रकार एवं गीतकार शान्तिप्रिय संयोजक रहेको अवार्डको जुरी सदस्यमा चर्चित संगीतकार सन्तोष श्रेष्ठ, सर्जक एंव लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा रहेका थिए ।
रेस्पोन्सिभ मिडिया प्रा.लिले ब्यवस्थापन गरेको अवार्ड कार्यक्रममा बोल्दै आयोजक समितिका अध्यक्ष किरण अधिकारीले मोफसलबाट निरन्तर रुपमा कलाकारहरुलाई सम्मान गर्दै जाने बताए । उनले आगामी दिनमा अवार्ड देशका विभिन्न भागहरु समेत आयोजन गरिने बताए ।
अवार्डमा नायिका सञ्चिता लुईटेल, शोभिता श्रृखडा लगायत थुप्रै चर्चित कलाकर्कीको उपस्थिती रहेको थियो ।
क–कसले लिए अवार्ड ?
आधुनिक तर्फ
गायक : कृष्ण काफ्ले (ला छैन् माया पिरती)
गायिका : सहिमा श्रेष्ठ (तिमी बोल)
नव गायिका : बुनु उप्रेती (टुट्यो टुट्यो)
गीतकार : डा.कृष्णहरी बराल (मेरो चरित्रमा शंका गर्ने तिमीको)
संगीतकार ः सुरेन्द्र श्रेष्ठ (म रुँदा)
मोडल महिला : जान्वी बोहरा (चित्त यो मेरो)
मोडल पुरुष : केके अधिकारी (झड्का)
म्युजिक भिडियो : निर्देशक नविन गुरुङ (उडि जाने)
म्युजिक भिडियो : सम्पादन दिपक विष्ट (कोहि कोहिको माया)
म्युजिक भिडियो : छायांकार अजय रेग्मी (कोहि कोहिको माया)
पब्लिक च्वाइस अवार्ड : खुस्बु खड्का ( तिमी बोल)
एस.एम.एस भोटिङ अवार्ड : मञ्जिता केसी (सम्झेर फेरी)
लोकदोहोरी तर्फ उत्कृष्ट
गायक : मौसम गुरुङ (तिमी फुल हौ कालि)
गायिका : भुमिका गिरी (सातो पुत्लो गयो)
नव गायक ः तिलक परियार (तोरी हरियो)
नव गायिका ः टिका तारमिमगर (गुन्द्रुक सिन्की पकाउनु पर्दैन)
शब्द ः शिखर गजरकोटे (चरि भएदेखी)
लय ः उद्धव कार्की नुवाकोटे (कोहि भन्दा )
मोडल ः पुरुष दुर्गेश थापा (तिमी फुल हौ कालि)
मोडल महिला ः रिना थापा मगर (भुरुरु पुतली)
म्युजिक भिडियो निर्देशक ः प्रकाश भट्ट (मायाले माया लुकाया)े
म्युजिक भिडियो सम्पादन ः प्रविण भट्ट (आज गाउँमा)
म्युजिक भिडियो छायांकन ः दुर्गा पौडेल (आज गाउँमा)
जुरी अवार्ड ः कृष्ण रेउले (आज गाउँमा)
पब्लिक च्वाइस अवार्ड ः मञ्जु गौतम (हेलम्बुको स्याउँ)
पपुलर अवार्ड ः दिनेश थापा (बोेली नफेर)
इन्करेजमेन्ट अवार्ड ः लिला गिरी (एक चोटी भेट्न पाए)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?