शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा कृष्ण मन्दिर पुगेर प्रसाद ग्रहण

शुक्रबार, ०६ भदौ २०७६, १७ : २९
शुक्रबार, ०६ भदौ २०७६

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटनस्थिति कृष्ण मन्दिर पुगी प्रसाद ग्रहण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मन्दिरभित्र प्रवेश नगरिकनै पुजारीबाट फूल प्रसाद ग्रहण गरेर फर्केकी थिइन् । फूल प्रसाद ग्रहण पछि उनले पुजारीलाई दक्षिणा पनि दिएकी थिइन् ।

कृष्णमन्दिर परिसरमा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

राष्ट्रपतिको सवारीका क्रममा ललितपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्नुको साथै दर्शनार्थीहरुलाई पनि केही समय मन्दिरमा पूजा गर्न रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप