शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतसँग वार्ता गर्ने विषय सकियो, युद्धको खतरा बढ्दै गयो : इमरान खान

शुक्रबार, ०६ भदौ २०७६, १७ : १६
शुक्रबार, ०६ भदौ २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कास्मिर मामिलामा भारतको कडा विरोध गरेका छन् ।

जम्मु–कास्मिरलाई संविधानको धारा ३७० हटाएपछि संसारभरबाट आएको दबाबका वावजुद् आफ्नै कार्यलयमा बुधबार न्युयोर्क टाइमलाई अन्तरवार्ता दिँदै उनले भारतको विरोध गरेका हुन् ।

उनले भनेका छन्, ‘अबदेखि म भारतको कुनै कुरा गर्दिन किनकी वार्ताका लागि कुनै विषय नै छैन ।’ इमरानले भने, ‘वार्ताका लागि मैले प्रयास गरिसकेको छु, जब पछाडि फर्केर हेर्दा हेर्छु, लाग्छ, वार्ताको कोशिस गरिरहेका बेला भारतले वास्ता गरेन, अब वार्ताको प्रसङ्ग नै आउँदैन ।’

कास्मिरको अवस्था खराब हुने दावी गर्दै इमरानले भारत सरकारले कास्मिरको एक समुदायलाई खतम गर्न लागिरहेको बताए । उनले भने, ‘कास्मिरमा बाहिरका मानिसले लथालिङ्ग बनाएका छन् । कास्मिरमा रहने करिब ८० लाख जनताको जीवन खतरामा छ । त्यहाँको अवस्था यस्तो छ की त्यहाँका जनतालाई अन्तिम संस्कारमा पनि भाग लिन दिइएको छैन । म चाहन्छु, दवै मुलुकमा अमनचयन कायम होस् । तर मेरो प्रयासलाई भारतले केही जनता खुशी पार्न प्रयोग गरेको छ ।’

दुई परमाणुक्त मुलुकबीच युद्धको खतरा बढ्दै गएको उनको भनाइ छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई फासिवादी र हिन्दुवादीको अरोप लगाउँदै उनले मुश्लीम बाहुल्य क्षेत्रलाई परिवर्तन गरेर हिन्दु बाहुल्य क्षेत्र बनाउन प्रयास भइरहेको बताए । यसले कास्मिरमा तनाव बढाउने उनले चिन्ता व्यक्त गरे । आणविक हतियारयुक्त दुई देशका अवस्थाबारे विश्वले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

भारत–पाकिस्तानबीच युद्धको खतरा

प्रधानमन्त्री खानले भारतले कास्मिरमा नरसंहार गर्न सक्ने बताए । उनले भने, ‘यहाँ एक जातिलाई खतम गर्ने सड्यन्त्र भइरहेको छ । भारतले आफ्नो निर्णय सही प्रमाणित गर्न कुनै अपरेसन चलाउन सक्छ । यस्तो अवस्थाले दुई देशबीच युद्ध हुने खतरा बढाएको छ ।’

आतंकवादविरुद्ध पाकिस्तानले ठोस कारबाही गरोस् : हर्षबद्र्धन

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरेको आलोचनाको अमेरिकाका लागि भारतका राजदूत हर्षवर्धन श्रृखलाले प्रतिकार गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो अनुभवमा हामीले शान्तिको कदम चाल्दा, नराम्रो परिणाम भयो । हामीले पाकिस्तानसँग आतंकवादविरुद्ध ठोस गदम चाल्छ भन्ने आशा गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप