शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई जनाको एकैसाथ हत्या गर्ने ११ वर्षपछि पक्राउ

शुक्रबार, ०६ भदौ २०७६, १७ : ०५
शुक्रबार, ०६ भदौ २०७६

बुटवल । पश्चिम नवलपरासीको प्रहरीले ११ वर्षअघि एकै साथ दुई जनाको हत्या गरेर फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

२०६५  साल असोज २३ गते राती साविकको रामनगर गाविस वडा नम्वर ५ का गोविन्द प्रसाद कुमालले छिमेकी लालबहादुर सुनार र कमल सुनारलाई फलामे रड प्रयोग गरी हत्या गरेका थिए ।

फरार अभियुक्त २७ वर्षीय कुमाललाई उनको घर सुनुवल –११ बाट भदौ ४ गते पक्राउ गरी आज अदालतमा पेश गरेको नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप