बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खोलाले बगाएर स्याङ्जामा दुई जनाको मृत्यु

शुक्रबार, ०६ भदौ २०७६, १६ : २२
शुक्रबार, ०६ भदौ २०७६

बुटवल– स्याङ्गजामा माछा मार्ने क्रममा खोलामा  बगेर २ जनाको ज्यान गएको छ ।   जिल्लाको फेदिखोला गाउँपालिका –२, कुखरेखोलाका ६२ वर्षीय पूर्णबहादुर खड््का र पुतलीबजार नगरपालिका–१०,  राङखोलाका ४२ वर्षीय मानबहादुर थापाको कुखरेखोलामा माछा मार्ने क्रममा ज्यान गएको हो ।

खड्काको जाल हान्ने क्रममा र थापाको माछा मारेर खोला तर्ने क्रममा बगेर ज्यान गएको स्याङ्गजाका डिएसपी नवीन कृष्ण भण्डारीले जानकारी दिए । उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्गजा पुर्याइएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप