बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई विदामा घुम्न पठाउँदै गण्डकी प्रदेश

शुक्रबार, ०६ भदौ २०७६, १४ : ४७
शुक्रबार, ०६ भदौ २०७६

पोखरा– गण्डकी प्रदेश सरकारले आफ्ना कर्मचारीलाई बिदा दिएर घुम्न पठाउने भएको छ । पर्यटन मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा ल्याएको कार्यविधिलाई बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।  

सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाई रहेको गण्डकी सरकारले कर्मचारीलाई ७ दिनसम्मको तलबी बिदा दिएर घुम्न पठाउने भएको छ । तलबी बिदामा घुम्नका लागि मन्त्रिपरिषद्को निर्णयले ९० लाख बजेट विनियोजन समेत गरेको छ । 

प्रदेश भित्रका महत्वपूर्ण गन्तव्यहरुमा घुम्न पठाउने मन्त्रिपरिषद्को निर्णय छ । गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्रीले मन्त्रिपरिषद्को निर्णय शुक्रबार सार्वजनिक गर्दै भने, ‘कर्मचारीहरु प्रदेश भित्रकै महत्वपूर्ण ठाउँहरुमा जाने । होमस्टेमा बस्ने । त्यसको लागि कर्मचारीले खाईपाई आएको एक महिनाको तलबबाट सुरु स्केलको व्यवस्था गर्ने गरि यो कार्यविधि पास गरेका छौं ।’

मन्त्रिपरिषद्का अन्य ४ निर्णय 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मुख्यन्यायाधिवक्ताको वैदेशिक भ्रमणलाई पनि स्वीकृत गरेको छ । मुख्य न्यायाधिवक्ता भारतको दिल्ली र गुजराँतमा सर्वोच्च अदालत र उच्च अदालतको बारेमा जानकारी लिने उद्देश्यले भ्रमणमा जान लागेको प्रदेश सरकारका प्रवक्ता बस्नेतले जानकारी दिए । उनको भ्रमणको लागि मन्त्रिपरिषद्ले स्विकृती दिएको छ । 

यस्तै, अमेरिकाको वासिङ्टन राज्यका महामहिम गर्भनरलाई गण्डकी प्रदेशको भ्रमणको लागि निमन्त्रणा दिने र वासिङ्टनङ भागिनी सम्बन्ध कायम गरेर नाता जोड्न कोसिस गर्ने निर्णय पनि शुक्रबारको मन्त्रिपरिषद्को निर्णयले गरेको छ ।  

गण्डकी प्रदेशसभा भवन पुरानो भएकाले नयाँ बनाउन जरुरत भएकाले बनाउनका लागि भौतिक पूर्वाधार मन्त्रालयले स्वीकृति समेत दिएको थियो । त्यसको साथै अर्को प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन बनाउन पनि मन्त्रिपरिषद्ले स्विकृति दिएको छ । 

भौतिक पूर्वाधार सुरक्षितको नेतृत्वमा बनाएको जग्गा व्यवस्थापन समितिले काम पुरा गरेर प्रतिवेदन दिइसकेको र जग्गा व्यवस्थापन गर्न समस्या आएको प्रवक्ता बस्नेतले जनाए । त्यसको पुनरावलोकन गर्न ७ सदस्यिय समिति गठन समेत गरिएको उनले जानकारी दिए । समितिमा मुख्य प्रमुख सचिव र अरु सचिव कानुन सचिव, आर्थिक मामिला सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव ३ वटा सदस्य र मालपोत कार्यालय कास्कीका प्रमुख र नापी कार्यालय कास्कीका प्रमुख दुई सदस्य महाशाखाका सदस्य रहेको उनले जानकारी दिए ।  

सामाजिक विकास मन्त्रालयका सचिवलाई चिनको हाइनान प्रान्तले भ्रमणका लागि पठाएको निम्तो समेत प्रदेश सरकारलाई थप आर्थिक भार नपर्ने गरि स्विकृति दिएको छ । 

पछिल्लो समय पोखरामा फैलिएको डेंगु नियन्त्रणका लागि औषधि साथै जनचेतनामुलक कार्यक्रम गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यसको लागि लागि सामाजिक विकास मन्त्रालयले १० लाख र आर्थिक मन्त्रालयले ११ लाख गरि २१ लाख रकम समेत छुट्याइएको मन्त्री बस्नेतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप