सांसद र कर्मचारीहरुद्वारा चाबहिल-साँखु सडकखण्डको अवलोकन (फोटोफिचर)
काठमाडौं– संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको चाबहिल साँखु सडक खण्डको स्थलगत अवलोकन गरेको छ । शुक्रबार समितिकी सभापति कल्याणी खड्कासहित सांसदहरु, सडक आयोजनाका कर्मचारीहरु सहितको टोलीले सो सडकखण्डको अवलोकन गरेको हो ।
अवलोकनका क्रममा समितिकी सभापति कल्याणी खडकाले बौद्ध प्रहरी कार्यालयको सडकतर्फको भवनको भाग भत्काउन निर्देशन दिएकी छिन । सो सडक खण्डमा परेका घरहरुले मुआब्जाको माग गर्दै सडक बिस्तारमा असहयोग गर्दै आइरहेका छन् ।
मुआब्जाको माग गर्दै सडक छेउमा घर भएका स्थानीय अदालत गएपछि मुआब्जा दिएर मात्र घर भत्काउन आदेश दिएको थियो । २ बर्षअघि नै कालोपत्रे भैसक्नु पर्ने सो सडकखण्डको सडक खण्डको ५० प्रतिशत काम हुन सकेको छैन ।
शुक्रबार भत्काउन बाँकी रहेका घरहरु, सडकको दूरावस्था र काम सम्पन्न भएका क्षेत्रको अवलोकन गरिएको छ । समयमा सडक बिस्तार हुन नसक्दा हिलो र धुलोबाट स्थानीयले सास्ती पाएका छ्न् ।
यस्तो छ सो सडक खण्डको अवस्था (फोटोफिचर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने