शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकदिवसीय वरियतामा नेपाल खस्कियो

शुक्रबार, ०६ भदौ २०७६, १३ : ३७
शुक्रबार, ०६ भदौ २०७६

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान खस्किएको हो ।

नेपाल १६औँ स्थानमा झरेको छ । यसअघि नेपाल १५औं स्थानमा थियो ।

नयाँ वरियता अनुसार नेपालले आठ खेलबाट १९ रेटिङ पाएको छ । वरियतामा नेपालभन्दा तल संयुक्त अरव इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् ।

शीर्ष स्थानमा इङ्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

यसैगरी आईसीसी टी–२० वरियतामा भने नेपाल यथावत स्थानमा छ । नेपाल ११औं स्थानमा छ ।

टी–२० वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्यान्ड छन् । शीर्ष स्थानमा पाकिस्तान छ । दोस्रोमा इङ्ल्यान्ड, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप