केन्द्रीय संस्करण

जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्छ: अध्यक्ष प्रचण्ड

person explore access_timeभदौ ६, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन् ।  शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याएका हुन् ।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए । पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताए ।

उनले भने, ‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिएपछि । यिनलाई पनि लखेठ्नपर्छ भन्ने यो विडम्बना हामीले देखियो इतिहासमा । हामीकहाँ पनि यसो हेर्दा लक्षण चाही । कुरा बुझ्नु भयो नि । सिस्टम चाही कता–कता त्यस्तै देखिने ।’

उनले दुई पार्टी मिलेर बनेको ठुलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टी समेत जनाए । विगतमा जनताका समस्या बोध गर्ने, अनुसासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासन हिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृत्ति बढेको टिप्पणी उनले गरे ।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिबद्धताहरु विर्सदै जाने प्रवृत्ति विश्वभरका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलुकमा देखिएको प्रवृत्ति नेपालमा पुनरावृत हुन नदिनतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।
उनले वर्तमान राज्यसत्ता प्राप्तिका लागि विगतमा आफैँले आफ्नै योगदानको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुन नहुनेतर्फ सँधै सचेत र सजग हुनुपर्ने आवश्यकता औंल्याए ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...