भक्तपुरको चारदोबाटोमा मोटरसाइकल र स्कुटर ठोक्कियो, चालकको मृत्यु
शुक्रबार, ०६ भदौ २०७६, १२ : ४३
भक्तपुर– भक्तपुरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा भक्तपुरबाट काठमाडौं जादैं गरेको बा. ७३ प ९७२१ नम्बरको मोटरसाइकल र कोरियामैत्री अस्पतालबाट रोजभिलेज तर्फ जाँदै गरेको बा.६७ प ६७५४ नम्बरको स्कुटर एक आपसमा ठोक्किएका छन् ।
उक्त दुर्घटनामा दुबैतर्फ सख्त घाइते भएकोमा मोटरसाइकल चालक मध्यपुर ५ का २२ वर्षका राजेश गोजाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक प्रविण लोहलाको उपचार भइरहेको र यसबारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर