बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जोफ्राको घातक बलिङमा सस्तैमा समेटियो अस्ट्रेलिया

शुक्रबार, ०६ भदौ २०७६, १० : ४२
शुक्रबार, ०६ भदौ २०७६

एजेन्सी । इङ्ल्यान्डका जोफ्रा आर्चरले घातक बलिङ गरेपछि एसेज सिरिज अन्तर्गत तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया एक सय ७९ रनमै अलआउट भएको छ ।

अस्ट्रेलिया अलआउट भएपछि पहिलो दिनको खेल पनि समाप्त भएको घोषणा गरिएको छ ।

तेस्रो टेस्टमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५२.१ ओभरमा सबै विकेट गुमाएको छ ।

अस्ट्रेलियाका लागि मार्कस लाबुसेनले सर्वाधिक ७४ रन बनाए । डेभिड वार्नरले ६१ र कप्तान टिम पेनले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

अस्ट्रेलियालाई निराश बनाउन घातक बलिङ गरेका आर्चरले ६ विकेट लिए । करियरको दोस्रो टेस्ट खेलेका आर्चरले १७.१ ओभरमा तीन मेडन ओभर गर्दै ४५ रन खर्चिएका थिए ।

स्टुवार्ट ब्रोडले दुई तथा क्रिस वोक्स र बेन स्टोक्सले एक एक विकेट लिए । एसेज सिरिज अन्तर्गत दोस्रो टेस्ट बराबरीमा सकिएको थियो । पहिलो टेस्टमा अस्ट्रेलिया दुई सय ५१ रनले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप