शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिया खानको हत्या कि आत्महत्या ? यसरी खुल्नेछ अब रहस्य

शुक्रबार, ०६ भदौ २०७६, १० : ४०
शुक्रबार, ०६ भदौ २०७६

बलिउड अभिनेत्री जिया खानको निधन भएको धेरै वर्ष भइसकेको छ । उनले सन् २०१३ मा पंखामा डोरी बाँधेर झुन्डिएर आत्महत्या गरेकी थिइन् । तर उनको मृत्युपछि हत्या र आत्महत्या के हो भन्ने रहस्य बाहिर आउन सकेन । 

यसैबीच यही विवादास्पद मृत्युलाई लिएर फिल्म बन्न लागेको छ । अभिनेत्री जिया खानको जिवनलाई आधार मानेर डकुमेन्ट्री बन्न लागेको हो । जिया खानको मृत्युसँग जोडिएका रहस्यहरुमा आधारित हुने उक्त डकुमेन्ट्री ब्रिटिस टेलिभिजन कम्पनीले निर्माण गर्न लागेको हो । जुन तीन भागमा निर्माण हुनेछ ।
न्यूयोर्कमा १९८८ को फेव्रअरी महिनाको २० तारिखमा जन्मिएकी थिइन् जिया । उनले अमिताभ बच्चनसँग ‘निःशब्द’ बाट बलिउडमा पाइला टेकेकी थिइन् । फिल्म नचलेपनि उक्त फिल्मबाट जिया खानलाई धेरै दर्शकले मन पराए । त्यसपछि उनले अमिर खानको फिल्म ‘गजनी’ मा मुख्य भूमिकामा काम गरिन् । उक्त फिल्मबाट उनी निकै चर्चामा आइन । त्यसपछि उनले ‘हाउसफुल’ फिल्म खेलिन् । फिल्म चलेपनि उनको करियर अगाडि बढ्न सकेन । 

यसैबीच उनको भेट सुरज पञ्चोलीसँग भयो । र सम्बन्ध पनि अगाडि बढ्यो । सन् २०१३ मा उनीहरु एकैसाथ एयरपोर्टमा भेटिए त्यसपछि उनीहरु इन्गेजमेन्ट गर्न चाहान्थे तर एकैपटक ब्रेकअपको खबर बाहिरियो । 

त्यसपछि उनको आत्महत्याको गरिन् । त्यसपछि आत्महत्या नभई हत्या गरिएको आरोपमा सुरज पञ्चोलीलाई पक्राउ गरियो । 
त्यसपछि यस सन्दर्भमा सुरजले दिएका अन्तरवार्ताका अनुसार जियालाई त्यस समयमा फिल्म पाएकी थिइनन् । उनको पछिल्लो प्रेमीले साथ छोडिएका थिए । त्यसपछि उनी निराश थिइन् । त्यसपछि उनले चार वर्ष कान्छा सुरजसँग सम्बन्ध अगाडि बढाइन् । उनले पहिले पनि दुई पटक आत्महत्याको प्रयास गरेकी थिइन् । उनले एक पटक घाँटी काट्ने प्रयास गरेकी थिइन् भने एकपटक झुन्डिने प्रयास गरेकी थिइन् । उनी १४ वर्षमा उनीभन्दा धेरै वर्ष जेठो व्यक्तिबाट बलात्कृत भएकी थिइन् । यतिमात्र होइन उनको पूर्वप्रेमीले उनलाई शारीरिक र मानसिक यातना दिएका थिए । 

तर जियाकी आमा राबियाले जियाको सुसाइड नोटमा सुरजको नाम लेखिएको र त्यसमा ‘तिमीसँग माया गरे बदलामा तिमीले गाली दियौँ । र मसँग हिंस्रक भयौँ । मैले सबैकुरा सहिरहँ र तिमीलाई माया गरिरहेँ । म गर्भवती छु । तिमी केटी र पार्टीमा मस्त छौँ । तिमीले मलाई धोका दियौँ । तिमीले जब यो पत्र पढ्दै हुनेछौ म धेरै टाढा गइसकेकी हुनेछु ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप