शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुभु : ढाका उत्पादनमा दोस्रो पाल्पा !

शुक्रबार, ०६ भदौ २०७६, ०९ : २०
शुक्रबार, ०६ भदौ २०७६

ललितपुरको महालक्ष्मी नगरपालिकामा अवस्थित लुभुलाई ढाका उत्पादनको दृष्टिकोणले दोस्रो पाल्पा भनिन्छ । पर्यटकीय क्षेत्र ठमेललगायत नेपालको गार्मेन्ट उद्योगमा ढाकाको प्रमुख स्रोतको रुपमा लुभु रहेको छ ।

लुभुबाट देशका विभिन्न भागमा ढाका निर्यात गरिन्छ । पारम्परिक हाते तानदेखि अत्याधुनिक फ्याक्ट्रीबाट यहाँ ढाकाको उत्पादन गरिन्छ ।

ललितपुर उद्योग वाणिज्य संघका अनुसार लुभुमा मात्र करिब १ सयवटा कपडा उद्योग सञ्चालनमा रहेका छन् । यी उद्योगबाट वार्षिक रुपमा ९० लाख मिटरसम्म कपडा उत्पादन हुन्छ भने यी उद्योगहरुले १५ सयभन्दा बढीलाई रोजगारी सृजना गरेको छ ।

नेवार समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा पहिले कृषि मुख्य पेशाको रुपमा रहँदै आएको थियो । पछि राणाकालदेखि त्यहाँ कपडा बुन्न सुरु गरिएको थियो । २०३१ सालदेखि स्वचालित तान प्रयोग गरेर कपडा उत्पादन सुरु गरिएकोमा अहिले अत्याधुनिक प्रविधियुक्त विद्युतीय मेसिनबाट कपडा उत्पादन हुन्छ ।

तर पछिल्लो समय भने यहाँको उद्योग संकटमा पर्दै गइरहेको छ । युवा पलायनसँगै दक्ष जनशक्तिको अभाव हुनुका साथै सरकारको उदासीनताको कारण यो उद्योग संकटमा परेको हो । यस क्षेत्रमा औद्योगिक ग्राम स्थपना गर्नुपर्ने आवज उठ्दै आइरहेको छ ।

हेरौँ केही तस्विरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप