मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पौडीमा सैयद र अदिप्साको कीर्तिमान

बिहीबार, ०५ भदौ २०७६, २३ : ३६
बिहीबार, ०५ भदौ २०७६

 काठमाडौं- हंगेरीको बुडापेस्टमा जारी सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका दुई जना खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । एक सय मिटर बटरफ्लाईमा सैयद हम्जा शाहले तीन दशक अघिको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् । शाहले ०१.०१.२२ सेकेन्डको टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । 

यसअघि यो कीर्तिमान ०१.०३.४३ सेकेन्ड सहित आनन्द लेप्चाको नाममा थियो । लेप्चाले यो कीर्तिमान सन् १९८९ मा बनाएका थिए । यस्तै एक सय मिटर ब्रेस्ट स्टोकमा विद्या संस्कार स्कुलमा कक्षा १० मा अध्ययनरत अदिप्सा वैद्यले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । वैद्यले ०१.२३.८९ सेकेन्डको टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

यसअघि यो कीर्तिमान ०१.२५.८२ सेकेन्ड सहित टिसा शाक्यको नाममा थियो । अगस्ट २५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान चार जना पुरुष÷महिला खेलाडी सहभागी छन् । पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल छन् । महिलातर्फ टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुस्का पोखरेल सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप