शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उज्वेकिस्तान र किर्गिस्तान फाइनलमा

बिहीबार, ०५ भदौ २०७६, २३ : २०
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं -उज्वेकिस्तान र किर्गिस्तान एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा किर्गिस्तानले तुर्कमिनिस्तानलाई ३–० को सोझो सेटमा हरायो । किर्गिस्तानले तुर्कमेनिस्तानमाथि २५–१७, २५–१८, २५–२२ को जित निकालेको थियो । किर्गिस्तान समूह ‘ए’ को विजेता र तुर्कमिनिस्तान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए ।

यसैगरी अर्को खेलमा उज्वेकिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा पुगेको हो । उज्वेकिस्तानले माल्दिभ्सलाई २५–२०, २५–१९ २५–२१ को सेटमा हराएको थियो । उज्वेकिस्तान समूह ‘बी’ को विजेता र माल्दिभ्स समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए ।

फाइनल खेल शनिबार हुनेछ । शुक्रबार माल्दिभ्सले तेस्रो स्थानका लागि तुर्कमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक नेपालले भने पाँचौं स्थानका लागि सुक्रबार अफगानिस्तानसँग खेल्नेछ । नेपाल समूह चरणमा लगातार दुई खेलमा पराजित हुँदै बाहिरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप