सिंगापुर उड्नुअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराइयो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको छ । प्रधानमन्त्री सिंगापुर उड्नुअघि निजी चिकित्सक डा. दिव्या सिंहले स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी हुन् ।
सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको र त्यसै क्रममा ओलीको मिर्गौलामा एण्टीबडीको मात्रा बढी देखिएको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एण्टीबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिनको लागि प्रधानमन्त्री पुन सिंगापुर गएको डा. सिंहको भनाई छ ।
सिंगापुरबाट फर्केपछि पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आधिकारीक जानकारी नआएपछि धेरैले उनको स्वास्थ्यबारे अनेककिसिमको अड्कल गरेका थिए । साउन २७ गते नेपाल फर्केपछि प्रधानमन्त्री आफैले ‘म ठिक छु’ भन्ने बाहेक अरु कुनै पनि प्रतिक्रिया आएको थिएन ।
प्रम ओली आजै उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी १५ दिन सिंगापुरमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी