भेनेजुयलाका राष्ट्रपति मदुरोद्वारा अमेरिकासँग वार्तामा रहेको खुलासा
एजेन्सी । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो सरकारका शीर्ष अधिकारी अमेरिकी प्रशासनसँग वार्तामा रहेको खुलासा गरेका छन् ।
‘ट्रम्प प्रशासनका वरिष्ठ सदस्य र मेरो अध्यक्षतामा रहेको बोलिभारियन सरकारबीच महिनौदेखि सम्पर्क रहेको म पुष्टि गर्छु । यसमा मेरो प्रत्यक्ष स्वीकृति छ ,’ मंगलबार राति एक टेलिभिजन सम्बोधनमा मदुरोले भने ।
‘विभिन्न माध्यमबाट धेरै थरी सम्वाद भइरहेका छन् ,’ मदुरोले थपे ।
दुई अमेरिकी संचारमाध्यमले भेनेजुयलाका प्रशासनभित्रका एक शिर्ष नेता डियासडोडो क्याबेल्लो ट्रम्पका शिर्ष अधिकारीसँग ‘गोप्य भेटवार्ता’ रहेको रिपोर्ट दिएको समयमा मदुरोको टिप्पणी आएको छ ।
आइतबार मात्रै अमेरिकी संचार माध्यम ‘एक्सिओस’ले मदुरो पक्षधर संविधान–सभाका अध्यक्ष क्याबेलो ट्रम्पको शिर्ष ल्याटिन अमेरिका सल्लाहकार मोरिसियो क्लाभर–क्यारोनसँग सम्बादमा रहेको लेखेको थियो । समाचारमा दूईबीच एक महिनादेखि सम्वाद भइरहेको उल्लेख थियो ।
त्यस्तै समाचार एजेन्सी एपीले क्याबेल्लो अघिल्लो महिना काराकासमा ‘ट्रम्प प्रशासनको नजिकको सम्पर्क व्यक्तिसँग’ भेटेको दावी गरेको थियो । त्यस भेटमा दोस्रो भेटबारे पनि छलफल भएको समाचारमा उल्लेख छ ।
समाचारमा अमेरिकाले क्याबेलोसँग सम्बादमा रहेर मदुरो सरकारभित्रको आन्तरिक विवादलाई बढाउने आसा गरेको उल्लेख छ ।
यी समाचारबीच मदुरो आफैले अमेरिकासँग वार्तामा रहेको पुष्टि गरेका छन् । मदुराले यी भेटघाटलाई ‘ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेनेजुयलाको वास्तविकता सुनाउने’ प्रयासको रुपमा अर्थाए ।
मंगलबार संचारकर्मीसँगको कुराकानीका क्रममा ट्रम्पले भनेका थिए ,‘ हामी भेनेजुयलाका विभिन्न प्रतिनिधिसँग सम्वाद गरिरहेका छौं । को भनेर म भन्न चाहन्न तर हामी उच्च पदस्थसँग सम्पर्कमा छौं ।’
उता अमेरिकी राष्ट्रपति कार्यालयमा ल्याटिन अमेरिका विभागमा कार्यरत भेनेजुयला विज्ञ जियोफ राम्सेले क्याबेल्लो र ट्रम्पका अधिकारीबीचको वार्तालाई ‘धेरै सकारात्मक संकेत’ बताए ।
‘ मदुरो सरकारका उच्च तहमा वर्तमान अवस्था सधैं अघि बढ्न सक्दैन भन्ने बुझाई बन्दै गएको संकेत प्राप्त हुन्छ ,’ राम्सेले भने ,‘ सम्भवत तिनले आफूलाई पछि मियामीको कारगार बन्द नगर्ने कुराको ग्यारेन्टी खोजिरहेका छन् ।’
भेनेजुलयाले गत जनवरीदेखि राजनीति गतिरोध सामना गरिरहेका छन् । त्यही महिना विपक्षीको बहुमत रहेको संसदका प्रमुखले आफूलाई राष्ट्रपति घोषणा गरेका थिए । उनको दावीलाई अमेरिका र संयुक्त अधिराज्यसमेत ५० वटा सरकारले समर्थन जनाएका थिए ।
भेनेजुयलामा राजनीति संकट गहिरिएपछि देशमा चरम आर्थिक मन्दीको अवस्था उत्पन्न भएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार, यही संकटको कारण भेनेजुयलाका चालिस लाख मानिसले देश छाडेर हिडिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला
-
सप्रिम सहकारी प्रकरण : थुनछेक बहस जारी, आदेश शुक्रबार आउने
-
‘ओलीको बुद्धि पलाउने बेला रौँ पलाउन थालेछ’
-
मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता
-
सत्ता गठबन्धनमा कुनै समस्या छैन : रवि लामिछाने
-
जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी