शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

बिहीबार, ०५ भदौ २०७६, १४ : ३५
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं– राजधानी काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।  बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा विहिबार बिहान साढे ११ बजे आगलागी भएको हो ।  आगलागीबाट ४ वटा नयाँ गाडी र एउटा मोटरसाईकल पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी मर्मतको क्रममा रहेको सशस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ । प्राइम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्समर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।

काठमाडौं महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप