केन्द्रीय संस्करण

सरकारले नै कर्मचारी प्रशासनलाई कमजोर बनायो: अधिकारी

person explore access_timeभदौ ५, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं– राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकारको रुपमा रहेका कर्मचारी प्रशासनलाई अस्थीर र कमजोर बनाएको आरोप लगाएका छन् ।  

राष्ट्रियसभाको विहिबारको बैठकको शून्य समयमा बोल्दै उनले केही समयअघि मात्रै प्रधानमन्त्रीले मन्त्रीहरुसँग, मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता भएको स्मरण गराउँदै सम्झौताको एक महिना नपुग्दै १६ जना सचिवहरुको सरुवा गरिएको भन्दै सो को कारणबारे सरकारसँग प्रश्न गरे ।

उनले प्रश्न गरे, ‘एक बर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामा नै सम्पन्न गरेका हुन्  कि ? वा तीनले एक महिनाभित्रै आफु असक्षम भएको प्रमाणित गरे । वा सम्बन्धित मन्त्रीको रोजाइमा ती परेनन् वा कार्यसम्पादन सम्झौता आफैमा एउटा मजाक थियो ?’

राष्ट्रियसभा सदस्य विन्दादेवी आले रानाले राजनीतिक आस्था र पहुँचको आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...