शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधको सूई लगाएर बनाए यस्तो शरिर, अब मृत्युको संघारमा

आइतबार, २९ साउन २०७४, ११ : २७
आइतबार, २९ साउन २०७४

बडि बिल्डिङ सुपरस्टारको रुपमा आफ्नो पहिचान बनाइसकेका रिच पियाना अहिले अस्पतालमा आफ्नो जीवन र मृत्युसँग लडिरहेका छन् । ४६ वर्षीय रिच पियाना आफ्नो आफ्नो फ्लोरिडास्थित घरमा अचानक लडे जसका कारण उनलाई अस्पताल पुर्याइयो । पियानाकी प्रेमिका शनेल जान्सेनका अनुसार पियाना अचानक लडेपछि उनले हतारिँदै अस्पताललाई फोन गरिन् र स्वास्थ्यकर्मीले उनलाई अस्पताल पुर्याएका हुन् । मिडिया सूत्रका अनुसार मेडिकल समूहले पियानाको यस्तो स्थितीको जिम्मेवार लागुऔषध ओभरडोज बताएका छन् । उनी अहिले कोमामा छन् । 

मिस्टर क्यालिफोर्निया हुन् पियानाः

मिस्टर क्यालिफोर्निया बनिसकेका रिच पियाना आफ्नो सुगठित शरिरका लागि परिचित छन् । इन्स्टाग्राामा पियानाका करिब १० लाख फलोअर्स छन् ।

आफ्नो शरिरलाई मेन्टेनमा राख्नका लागि पियाना दिनमा ९ पटक खाना खान्थे । उनी आफ्नो वर्कआउट र डाइटको भिडियो सोसल मिडियामा पोष्ट गर्ने गर्दथे ।

सन् २०१६ मा पियानाले इपोक टाइम्सलाई दिएको अन्तर्वार्तामा आफूले पछिल्लो २७ वर्षदेखि स्टेरोइड्स खाइरहेको बताए ।

तरपनि पियाना सोसल मिडियामा निकै चर्चित भइरहे । उनको हरेक भिडियोलाई २ लाख भन्दा बढि पटक हेरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप