बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रवि लामिछाने प्रकरणमा किशोर श्रेष्ठ : भीडबाट उदाएका कर्ण हेजुलाई भीडले नै मार्‍यो, भीड हेरेर बादशाह हुँ भन्ने ?

‘अरु पनि भिडियो छ भन्नेहरुले ल्याएर देखाइदिए सजाय भोग्न तयार छु’
बिहीबार, ०५ भदौ २०७६, १२ : १२
बिहीबार, ०५ भदौ २०७६

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको भिडियो सार्वजनिक गरेको भन्दै विवादमा तानिएका प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पुडासैनीले आत्महत्याअघि रेकर्ड गराएको भिडियो उनको परिवारबाटै पाएको स्पष्ट पारेका छन् । उनले परिवारले विश्वास गरेर नै आफूलाई भिडियो उपलब्ध गराएको दाबी गरेका हुन् ।

श्रेष्ठमार्फत् नै सो भिडियो सार्वजनिक भएपछि टेलिभिजनकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की बिहीबार काठमाडौँबाट पक्राउ परेका थिए । लामिछाने पक्राउ परेपछि समर्थकहरुबाट आलोचनाको पात्र बन्दै आएका श्रेष्ठले रविबारे सनसनीपूर्ण खुलासा गरेका छन् ।

एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा श्रेष्ठले भिडियोबारे आफूलाई प्रश्न गर्नेहरुलाई जवाफ स्पष्ट रुपमा बाहिर आइसकेको बताए । ‘भिडियो विवाद क्लीयर भइरहेको छ । रविजीको डिफेन्समा सुनील पोखरेलजीले हिजो अदालतमा एक घण्टा बहस गरेपछि आएर भन्नु भएको थियो । दुई वटा भिडियोमा एउटा ४ मिनेट ५८ सेकेण्ड र ८ मिनेट २७ सेकेण्डको त्यो भन्दा केहीपछि छैन भनेर उहाँले बोल्नु भएको छ,’ उनले भनेका छन्, ‘अब भन्नेले त २३ मिनेटको भिडियो थियो १३ मिनेटमा कसरी आयो भनेर भनेका छन् । उसो भए मैले पाएको १३ मिनेटमात्रै हो, सुनीलजीले अदालतमा हेर्नुभएको पनि त्यही हो । अरु पनि छ भन्नेहरुले ल्याएर देखाइदिए भयो नि !’

******

रवि लामिछाने अमेरिकी नागरिक भइकन पनि दाजु हरिशरण लामिछानेको रिलेशनसिप भिसामा गैरकानुनी रुपमा ४ वर्ष नेपाल बसेको पनि श्रेष्ठले बताएका छन् । सो अवधिमा उनले वर्क परमिट र प्रेस पास नलिएको स्मरण गर्दै श्रेष्ठले न्यूज २४ ले पठाएको कर्मचारी विवरणमा उनको नाम १९ नम्बरमा रहेको बताएका छन् । उनले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘एउटा विदेशी कर्मचारी कसरी भयो ? त्यसपछि हामीले श्रम विभागमा बुझ्दा श्रम इजाजत छैन । रिलेसन भिसामा बसेको मान्छेले एक सुकापनि फाइदा हुने काम गर्न पाउँदैन तर उहाँले त्यो तोड्नुभयो । उहाँमा मलाई कसले के गर्न सक्छ भन्ने घमण्ड रह्यो । के उहाँ कानुन भन्दा माथि हो ?’

******

उनले १३ मिनेटभन्दा बढी कसैले एक सेकेण्ड देखाउन सक्यो भने आफूलाई जे सजाय हुने हो, त्यो भोग्न तयार रहेको पनि बताए । उनले जस्ताको तस्तै जे देख्यो त्यही आफूले पत्रकारिताको धर्म निर्वाह गर्दै बाहिर ल्याएको पनि बताएका छन् ।

झुण्डिएर आत्महत्या गरिसकेपछि बन्द रहेको अवस्थाको मोबाइलको भिडियो पुलिसले पाउने कि परिवारले पाउने भन्नेबारेको प्रश्नमा जवाफ दिँदै श्रेष्ठले भनेका छन्, ‘यहाँनेर धेरै मानिसले अल्पज्ञान देखाएकोमा मलाई आश्चर्य लाग्छ । त्यो भिडियो पहिला प्रहरीले फेला पार्यो । फेला परेपनि फोन स्वीचअफ अवस्थामा थियो । प्रहरीले त्यसलाई रिचार्ज गर्यो । त्यही बेला परिवार आइपुग्यो । परिवारले होटलवालाविरुद्ध किटानी जाहेरी दिन खोज्यो । प्रहरीले खोलेर हेर्दा ठ्याक्क पहिला नै त्यो भिडियो अन भयो । त्यसमा शालिकरामले बताएको हेर्दै जाँदा अरुअरु मान्छेलाई दोष लगाइएको रहेछ । त्यसैले होटलविरुद्ध प्रहरीले किटानी जाहेरी लिएन र परिवारलाई भन्यो कि यसमा त कुरा अर्कै छ । त्यसो भए तपाईँहरुले प्रमाण नष्ट गर्नुहुन्छ कुरा के हो के हो एक कपी हामीलाई पनि दिनुस् भनेपछि प्रहरीले भिडियो ट्रान्सफर गर्यो । प्रहरीले नै ट्रान्सफर गरेर परिवारलाई दियो विश्वासका लागि । त्यो भिडियो पाएपछि मात्रै परिवार लास लिएर पोस्टमार्टमका लागि परिवार हिँडेको थियो ।’


भिडियो पाएको परिवारले घटना भएको ७ दिनसम्म पर्खेर बसेपनि छानबिन प्रक्रिया अघि नबढेपछि आफूलाई विश्वास गरेर भिडियो दिएको श्रेष्ठले दाबी गरेका छन् ।  त्यो भिडियो आएपछि नै घटनाक्रम विकसित हुँदै रवि लामिछानेलगायत ३ जना पक्राउ परेको श्रेष्ठले बताएका छन् ।

उनले पत्रकारिता जगतलाई मर्यादित बनाउन प्रयास गर्दा आफूप्रति रवि लामिछाने अमर्यादित बनेको पनि दाबी गरे।  कतिले किशोर श्रेष्ठ र रवि लामिछानेबीच व्यक्तिगत रिसिइबी रहेको भन्नेखालको टिकाटिप्पणी गरेकोप्रति लक्षित गर्दै उनले त्यस्तो केही नरहेको दाबी गरेका छन् ।

रवि लामिछाने अमेरिकी नागरिक भइकन पनि दाजु हरिशरण लामिछानेको रिलेशनसिप भिसामा गैरकानुनी रुपमा ४ वर्ष नेपाल बसेको पनि श्रेष्ठले बताएका छन् । सो अवधिमा उनले वर्क परमिट र प्रेस पास नलिएको स्मरण गर्दै श्रेष्ठले न्यूज २४ ले पठाएको कर्मचारी विवरणमा उनको नाम १९ नम्बरमा रहेको बताएका छन् ।

उनले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘एउटा विदेशी कर्मचारी कसरी भयो ? त्यसपछि हामीले श्रम विभागमा बुझ्दा श्रम इजाजत छैन । रिलेसन भिसामा बसेको मान्छेले एक सुकापनि फाइदा हुने काम गर्न पाउँदैन तर उहाँले त्यो तोड्नुभयो । उहाँमा मलाई कसले के गर्न सक्छ भन्ने घमण्ड रह्यो । के उहाँ कानुन भन्दा माथि हो ?’

******

श्रेष्ठ अझैं रोकिँदैनन्, ‘भीडले कर्ण हेजुलाई भक्तपुरमा ०४५ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा जितायो । त्यही भीडले कर्ण हेजुलाई सडकभरी घिसार्दै पिनले रोप्दै घोच्दै छाताले घोच्दै मार्यो । त्यही भीडले नारायमान बिजुक्छेलाई जेल पनि हाल्यो । भीडले कतिबेला के गर्छ भन्नेमा ठेगान हुँदैन । आजको भीड हेरेर कसैले पनि म बादशाह हुँ भन्ने कुरा गर्नु हुँदैन ।’

******

तपाईंले रविलाई खुइल्याउनु भयो रे नि त भन्ने प्रश्नमा उनी भन्छन्, ‘अनाहकमा किशोर श्रेष्ठले कहिल्यै कसैलाई खुइल्याउँदैन । मलाई राज्यले एउटा जिम्मेवारी दिएर त्यो ठाउँमा (प्रेस काउन्सिल)  राखेको छ । रवि लामिछानेको हकमा आएको उजुरीचाहिँ डस्टबिनमा फाल्ने अरुमात्रै गर्ने भनेर मलाई राज्यले म्यान्डेट दिएको छैन ।’

उनले थपेका छन्, ‘उहाँले गल्तीमाथि गल्तीको पहाड ठड्याउँदै जाने, अनि विदेशीले नेपालमा आएर यो नेता खराब त्यो नेता खराब भनेर औँला ठड्याउने उहाँचाहिँ सर्वोत्कृष्ट प्राणी हो ?’

यदि व्यक्ति सही छ र नेपालको नियम कानुन पालना गरेर बसेको छ भने सबै सर्कलले साथ दिने भन्दै उनले रविको सवालमा केही समर्थक बाहेक सबै कसैको पनि साथ नरहेको दाबी गरेका छन् । ‘मैले उहाँलाई अपमान गरेको होइन । नेपालका मै हुँ भन्ने धुरन्धर पत्रकार को आएको छ ? मै हुँ भन्ने पोलिटिसियन को आएको छ अगाडि ? मैहुँ भन्ने ब्यूरोक्र्याट्स को बोलेको छ ? भीडको भ्रममा बाँच्ने मान्छेहरुको करियर क्षणिक हुन्छ,’ श्रेष्ठले भनेका छन् ।

श्रेष्ठ अझैं रोकिँदैनन्, ‘भीडले कर्ण हेजुलाई भक्तपुरमा ०४५ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा जितायो । त्यही भीडले कर्ण हेजुलाई सडकभरी घिसार्दै पिनले रोप्दै घोच्दै छाताले घोच्दै मार्यो । त्यही भीडले नारायमान बिजुक्छेलाई जेल पनि हाल्यो । भीडले कतिबेला के गर्छ भन्नेमा ठेगान हुँदैन । आजको भीड हेरेर कसैले पनि म बादशाह हुँ भन्ने कुरा गर्नु हुँदैन ।’

उनले आफू रवि लामिछानेको प्रतिस्पर्धी नभएको भन्दै उनको टेलिभिजन मालिक अनिल जोशीको कार्यशैली प्रति पनि प्रश्न उठाए ।

त्यसो भए शालिकरामको आत्महत्या प्रकरणमा रवि लामिछानेको संलग्नता छ त भन्ने प्रश्नमा श्रेष्ठले त्यो आफूले फैसला गर्ने कुरा नभएको तर लुकेको विषयलाई पत्रकारितामार्फत पर्दाफासमात्रै गरेको बताए । तर भिडियोमा के बोलिएको छ भन्ने कुरा घाम जत्तिकै छर्लंग भएको बताए ।

उनले फैसला भीडले नगर्ने भन्दै तथ्यले फैसला गर्नेमा आफू विस्वास लिएको बताए । त्यसो भए एउटा पत्रकार जेल जाँदा किशोर श्रेष्ठ खुसी हुने ? भन्ने प्रश्न पनि आउँदा श्रेष्ठ भन्छन्, ‘जेल कोही पनि नजाउन्, जेल कैदीबन्दीले नभरिउन्, समाज सुखी सम्मानित र समृद्ध होस्, मेरो चाहना यो हो भने रविजीले क्लिन चिट नै लिएर आउनुस् न उहाँले हाम्रो के नै बिगारिदिनु भएको छ र !’

यो सबै किशोर श्रेष्ठकै कारण भएको भन्ने आरोप छ नि भन्नेमा उनी भन्छन्, ‘त्यसो भए शालिकरामजीले किशोर श्रेष्ठलाई गुन लाउनका लागि आत्महत्या गर्नुभएको भन्ने ? तपाईंले यही भन्नखोज्नु भएको हो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप