प्रियंकाको समर्थनमा कंगनाको कडा जवाफ
बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यतिबेला विवादमा फसेकी छिन् । भर्खरै युनाइटेड नेशनबाट शान्तीको लागि गुडविल एम्बेस्डर बनेकी चोपडाले ट्विट मार्फत भारतले पाकिस्तानमा गरेको एयरस्ट्राइकको तारिफ गरेकी थिइन् । जसको कारण उनको एम्बेस्डरबाट हटाउन निवेदन गरिएको थियो ।
यस विषयमा बलिउडमा अहिलेसम्म कुनै कलाकारले आफ्ना धारणा व्यक्त गरेका थिएनन् । तर कंगना रनौतले प्रियंकाको समर्थनमा बोलेकी छिन् । उनले भनेकी छिन्, ‘यो यति सजिलो छैन ।’
एक भारतीय अनलाइनसँग कुरा गर्दै कंगनाले भनेकी छिन्, ‘जब तपाईं आफ्नो कर्तव्य र आफ्नो भावनाको बीचमा फस्नुहुन्छ । तब यो सबै कुरा सहज हुँदैन । हामीमध्यै कति मानिस हरेक दिन दिमाग भन्दा दिलको चुन्ने गर्छौ ।’
पाकिस्तानको मानवअधिकार मन्त्री शिरीन मजारी र अन्य केही व्यक्तिहरुले प्रियंकालाई युनिसेफबाट हटाउनुपर्ने माग गर्दै खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !
-
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो