बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के भूल भुलैया –२ मा देखिनेछन् अक्षय कुमार ? निर्देशकले दिए जानकारी

बिहीबार, ०५ भदौ २०७६, ०८ : ५०
बिहीबार, ०५ भदौ २०७६

सन् २०१७ मा अक्षय कुमार र विद्या बालनको फिल्म भूल भुलैया रिलिज भएको थियो । यो एक कमेडी हरर फिल्म थियो । फिल्मलाई दर्शकले निकै रुचाएका थिए । अब फिल्मको सिक्वेल बन्ने तयारी पूरा भइसकेको छ । भूल भुलैयाको सिक्वेलमा कार्तिक आर्यन मुख्य भूमिकामा देखिनेछन् ।

भारतीय मिडियासँगको कुराकानीमा फिल्मका निर्देशक अनिस बज्मीले फिल्ममा अक्षय कुमार हुने छन् वा छैनन् भनेर जानकारी दिएका छन् । फिल्मको पहिलो संस्करणमा अक्षय कुमारले आफ्नो कमेडीबाट दर्शकलाई निकै प्रभावित पारेका थिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Teri Aankhein Bhool Bhulaiyaa Baatein hai Bhool Bhulaiyaa 🎶 #BhoolBhulaiyaa2 💀✌🏻🙏🏻

A post shared by KARTIK AARYAN (@kartikaaryan) on

अनिस बज्मीले भने, ‘यसबारे अहिले नै भन्नु निकै हतार हुनेछ । तर यदि उनी फिल्ममा देखिए भने यसमा कुनै अचम्म मान्नु पर्दैन । यदि यस्तो भए म अत्यधिक खुसी हुने थिएँ ।’

स्मरण रहोस्, यी दुई कलाकारको सम्बन्ध निकै राम्रो छ । दुबैले यसअघि फिल्म वेलकम र सिंह इज किंगजस्ता फिल्ममा सँगै काम गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप