बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाङ्गमा विभिन्न घटनामा ३ जनाको मृत्यु

बिहीबार, ०५ भदौ २०७६, ०८ : ४१
बिहीबार, ०५ भदौ २०७६

दाङ्ग जिल्लामा विभिन्न घटनामा परि तीन जनाको ज्यान गएको छ । लमही उपमहानगरपालिका–६ को अर्जुनखोलामा अन्दाजी ५० बर्षिय बेवरिसे पुरुषको शव फेला परेको छ ।

खोलाले बगाएर मृत्यु भएको प्रहरीको आशंका छ । त्यस्तै तुल्सीपुर उपमहानगरपालिका १७ बनकट्टीकी राधिका चौधरीका २ बर्षीय छोरा २ बर्षीय छोरा रिजन चौधरीको कुलोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

दाङ्ग कै गढवा गाउँपालिका १  पत्रिङगामा एक जना पुरुषको करेण्ट लागेर ज्यान गएको छ । ग्याबिङ्ग बहुउद्देश्यीय उद्योगमा वैल्डिङ्ग गर्ने क्रममा रोल्पाको सुनसहरी गाउँपालिका–३ का ३० बर्षीय नरबहादुर बुढामगरको  एक्कासी करेण्ट  लागेर ज्यान गएको हो ।

मृतक तीनै जनाको शव स्थानिय अस्पतालमा राखिएको र पोष्टमार्टम गर्न बाँकी रहेको दाङ्गका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिएका छन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप