बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत बैठक : तितो मेट्ने पहल मात्रै

बिहीबार, ०५ भदौ २०७६, ०५ : ५८
बिहीबार, ०५ भदौ २०७६

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमार्फत दुई मुलुकबीच सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ । काठमाडौँमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको हो ।

नेपाल–भारतका समग्र विषयमा समेटिएका विभिन्न ८० वुँधामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास वैरागीले बैठकपछि जानकारी दिए । माइनुटमा परराष्ट्रमन्त्री ज्ञवाली र  भारतरीय विदेशमन्त्री एस जयशंकरले हस्ताक्षर गरेका छन् । 

दुई पक्षबीच कार्यान्वयन भएका विषयमा सन्तुष्टि जारी गर्दै बाँकी विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर प्रक्रिया अघि बढाउने सहमति भएको छ । यो समाचार अन्नपूर्ण दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप