शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा २ जना पक्राउ

बुधबार, ०४ भदौ २०७६, २० : २२
बुधबार, ०४ भदौ २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु काठमाडौँका कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई रु ३५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कार्यमा सहज बनाइदिने तथा र जग्गा रोक्का राख्न समेत सरलीकृत गरिदिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । 

आयोगको टङ्गालबाट गएको टोलीले उनीहरुलाई मालपोत कार्यालय नजिकैको एक खाजा घरबाट मङ्गलबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप