मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गोँगबुको होटलमा एक जोडी मृत फेला

बुधबार, ०४ भदौ २०७६, २० : ०३
बुधबार, ०४ भदौ २०७६

काठमाडौं । टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं आज दिउँसो मृत अवस्थामा फेला परेका हुन् । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले मङ्गलबार राति सुत्न आएको दुवैजना आज दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिए । 

गेस्ट हाउसको बन्द कोठामा युवती खाटमा र युवा भुँइमा पल्टिरहेको अवस्थामा फेला परेको उनले बताए । 

दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप