नेपाल भारत संयुक्त आयोगको बैठक : नेपाललाई २ अर्ब ४५ करोड उपलब्ध
काठमाडौं– भारतले भूकम्प पछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल तथा भारतका परराष्ट्रमन्त्रीहरुको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई रकमको चेक हस्तान्तरण गरेका हुन् ।
भारतले ०७२ को भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो । जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ । यस्तै भारत सरकारले निर्माणाधीन हुलाकी सडकको निर्माण सम्पन्न गर्न १ अर्ब ३० करोड रकम उपलब्ध गराएको हो ।
यस्तै, नेपाल भारतबीच खाद्य वस्तु तथा तरकारी लगायतका वस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुवै देशमा मान्य हुनेगरी सम्झौता भएको छ । भारतको खाद्य सुरक्षा हेर्ने प्राधिकरण र नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरुले आफ्नो देशको आधिकारिक प्रयोगशालामा जाँच गरी गुणस्तर प्रमाणपत्र प्राप्त गरेका खाद्य वस्तु तथा उपभोग्य सामग्री सीमा नाकामा परीक्षण गर्नु गराउनु पर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा