शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल–भारत संयुक्त आयोगको बैठक जारी

बुधबार, ०४ भदौ २०७६, १८ : ५२
बुधबार, ०४ भदौ २०७६

काठमाडौं– नेपाल–भारत संयुक्त आयोगको बैठक शुरु भएको छ । याक एण्ड यति होटलमा शुरु भएको बैठकममा दुवै देशका विदेश मन्त्रीसहित अन्य पदाधिकारीहरुको सहभागिता रहेको छ । 

बैठकमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायतका पदाधकारी सहभागी रहेका छन् । बैठकमा दुवै देशका विदेश सचिव तथा विभिन्न मन्त्रालयका पदाधिकारीहरुको पनि सहभागिता रहेको छ । 

सो कार्यक्रममा तराई क्षेत्रका सडक निर्माणका लागि पाँचसय करोड रुपियाँ सहयोगको चेक अर्थ मन्त्रालयलयलाई हन्तन्तरण गरेको छ । त्यसैगरि, खाद्य सुरक्षाका लागि भारत र नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

बैठकमा दुई देशको सम्बन्ध, इपीजीको प्रतिवेदन, सन्धी सम्झौता तथा विकास निर्माणको विषयाम छलफल हुने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप