शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा ट्रकले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

बुधबार, ०४ भदौ २०७६, १८ : ३७
बुधबार, ०४ भदौ २०७६

पोखरा– पोखराको जिरो किलोमिटरमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । दिउँसो  करिब २ बजेर ५० मिनेटमा ‘लु १ ख ७९९०’ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो । 

मृत्यु हुने साइकलयात्री भारत मेनापुरका ५५ वर्षीय रफिक खान रहेको प्रहरीले जनाएको छ । खान अहिले पोखरा, ८ सिर्जनाचोकमा बस्दै आएका थिए । ट्रकको ठक्करबाट घाइते भएका खानलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएको थियो ।

अस्पतालले उनलाई मृत घोषणा गरेपछि पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने तयारी भइरहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

ठक्कर दिने ट्रक चालक बागलुङ, धम्जा ७ का ३७ वर्षीय उजिरबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिए  । अहिले चालक र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिई सकेको उनले सुनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप