शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रहेनन् वरिष्ठ निर्देशक किशोर राना

बुधबार, ०४ भदौ २०७६, १७ : ००
बुधबार, ०४ भदौ २०७६

काठमाडौं – नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ ।

उनको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको भाइ रन्जित राना मगरले पुष्टि गरे ।

लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको गतबर्ष मृगौला प्रत्यारोपण समेत गरिएको थियो । 

कर्जाबाट नेपाली फिल्म निर्देशनमा होमिएका मगरले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए । 

भारतीय चलचित्र नगरी त्यागेर नेपाली फिल्म निर्देशनमा भित्रिएका  मगरले राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका थिए । उनको शुक्रबार गर्ने तयारी भएको बताइएको छ । भाइ रञ्जितका अनुसार उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप