शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन: दुई बुँदे काठमाडौँ घोषणापत्र जारी

बुधबार, ०४ भदौ २०७६, १६ : ५२
बुधबार, ०४ भदौ २०७६

काठमाडौ– पहिलोपटक आयोजना गरिएको मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलले संयुक्त रुपमा सोमबारदेखि काठमाडौँमा आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, चीन, जर्मनी, बेलायतलगायत देशका ३०० प्रतिनिधिको सहभागिता थियो । सम्मेलनले माक्र्सवाद र एसियाली दर्शनलाई दार्शनिकबीच खुल्ला संवाद एवं बहस गराई विचार, ज्ञान र दर्शनको समृद्धिकरणमा निरन्तर जुटिरहने घोषणा गरेको छ ।

यसैगरी वर्षमा कम्तीमा एउटा बृहत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रतिबद्धता पनि गरिएको आयोजक समितिका सदस्यसचिव डा. प्रेमराज न्यौपानेले राससलाई जानकारी दिए । समापन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ माक्र्सवादी चिन्तक मोहन वैद्यले नेपालका मौलिक दर्शनदेखि  माक्र्सवादको विषयवस्तुबारे बहस शुरु हुनु सकारात्मक रहेको बताए । 

संस्कृत भाषा ज्ञानको भण्डार भएकाले सबैलाई अनिवार्य पढ भन्न नसकिए पनि जान्न र बुझ्नका लागि पनि अध्ययन गर्नुपर्नेमा उनले जोड दिए । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक डा. काशीनाथ न्यौपाने, माक्र्सीय गुरुकुलका अध्यक्ष सोनाम साथीलगायतले एसियाली र माक्र्सवादी दर्शनका राम्रा विषयलाई छनोट गरी अध्ययन–अनुसन्धान गरिनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप