शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सद्भावका लागि टीकापुरमा राष्ट्रिय सम्मेलन

बुधबार, ०४ भदौ २०७६, १६ : ५०
बुधबार, ०४ भदौ २०७६

धनगढी । सामाजिक सद्भाव कायम गर्न टीकापुरमा थारुवान÷थारुहटको राष्ट्रिय सम्मेलन भदौ ७ गतेबाट सुरु हुने भएको छ ।

थारुवान÷थारुहटको राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।

थरुहट र थारुवान आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ नाबालक गरी ९ जनाको ज्यान गएको थियो । सोही दिनको सम्झनामा टीकापुरमा पहाडी र थारुको तिक्तताको अन्त्य गर्दै सामाजिक सद्भाव कायम गर्न सो सम्मेलनको आयोजना गरेको थारुवान÷थारुहटका नेता तथा पूर्व संसद कृष्ण कुमार चौधरीले बताए ।

भोलीबाट टीकापुरमा सरसफाइ गरी ६ र ७ गते सम्म रक्तदान कार्यक्रम गरिने उनले बताए । सम्मेलनको अवधिभर खानेपानी र पुुष्प गुच्छाले सहभागी हुन आउनेलाई स्वागत गर्ने, प्रतीकात्मक रुपमा थारुको घरमा पहाडी र पहाडीको घरमा थारु समुदायका मानिसलाई बसाउँने कार्यक्रम गरिने कार्यक्रम तय भएको थरुहट ÷थारुवानका नेता लक्ष्मण चौधरीले बताए ।

थरुहट ÷ थारुवान एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन संविधान संशोधन सहित थारुहट÷थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन भन्ने मूल नाराका साथ सम्मेलन सुरुहुने आयोजकले जनाएको छ ।
सम्मेलनमा तीन सय जना स्वयं सेवक रहने,कार्यक्रम स्थलमा सीसीटीभी क्यामरा जडान गरिने जनाइएको छ । सम्मेलनमा काठमाण्डौँ उपत्यका सहित थारुहट तराईका २४ जिल्ला र विदेशमा रहेका थारु संघ संस्थाहरुको उत्साहजनक सकृय सहभागिता हुने  आयोजकले जनाईएको छ ।
आजै सद्भाव कायम गर्न फूलको गुच्छा समातेर पत्रकारहरु संग थारुवान÷थारुहटका नेता लक्ष्मण चौधरीले सामुहिक तस्विर समेत खिचाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप