शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

बुधबार, ०४ भदौ २०७६, १५ : १६
बुधबार, ०४ भदौ २०७६

काठमाडौं– प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २ लाख सहयोग हस्तान्तरण गरिएको छ । 

जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरिएको हो । 

प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खान खुवाउदै आएको छ । साथै धदिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम संचालन गर्दै आएको छ । 

दैनिक करिव रु. ५० हजार रकम बराबरको बिहानी खाना र दिबा खाजाको कर्याक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो । 

धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तिलाई लक्षित गरी करिब १० बर्ष अगाडी देखि प्रेम सागर फाउण्डेसनले बिद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना ताथा खाजाको ब्यबस्था गर्दै आइरहेको छ । 

उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका सत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप