शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

बुधबार, ०४ भदौ २०७६, १४ : ३९
बुधबार, ०४ भदौ २०७६

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन आज काठमाडौं आइपुगेका विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा दुई देशबीचको पारस्पारिक सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ । 

भेटवार्तामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी लगायतको सहभागिता रहेको थियो ।

भारतीय विदेशमन्त्री बनेपछि जयशंकर पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । 

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक बिहीबारसम्म चल्नेछ ।  आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्।

बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा पनि  छलफल हुनेछ । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक तीन वर्षअघि नयाँदिल्लीमा भएको थियो ।

विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्टमन्त्री प्रदीप ज्ञवालीले आजै बुधबार साँझ रात्रीभोजको आयोजना गरेका छन् । 

उनले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप