शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्री एस जयशंकर नेपालमा

बुधबार, ०४ भदौ २०७६, १२ : ४६
बुधबार, ०४ भदौ २०७६

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आइपुगेका छन् । 

भारतीय विदेशमन्त्री बनेपछि उनी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । 

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक बिहीबारसम्म चल्नेछ । 

आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्।

बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा पनि  छलफल हुनेछ । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक तीन वर्षअघि नयाँदिल्लीमा भएको थियो ।

यसैबीच जयशंकरले आजै २ बजे प्रधानामन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।  विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्टमन्त्री प्रदीप ज्ञवालीले आजै बुधबार साँझ रात्रीभोजको आयोजना गरेका छन् । 

उनले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप