भक्भकाउँथिन् समिरा रेड्डी, ऋतिक रोशनले यसरी गरे मद्दत
बलिउड नायिका समिरा रेड्डीले केही समय अघि छोरीलाई जन्म दिएकी छिन् । उनी आफ्नो मातृत्व सुख दोस्रो पटक अनुभव गरिरहेकी छिन् ।
एक च्याट शोमा समिरा रेड्डीले आफू पहिला भक्भकाउने गरेको जानकारी दिइन् । आफूले स्पिच डिसअर्डरको सामना गरेको र यो समस्यासँग जुध्नका लागि उनलाई ऋतिक रोशनले मद्दत गरेको बताइन् ।
समिराले भनिन्, ‘म भक्भकाउने भएकाले म अरु व्यक्तिको अगाडि बोल्न डराउँथे । अडिसनका लागि जब जाँदै थिएँ तब मानिसहरुले मलाई जज गर्ने हुन् कि भन्ने डर थियो । ऋतिक सबैभन्दा प्यारो र हेरविचार गर्ने व्यक्ति हुन् ।’
समिराले भनिन्, ‘उनले मेरो भक्भकाउने बानीमा ध्यान दिए र मलाई एउटा किताब दिए जसले मेरो जीवन परिवर्तन गर्यो । यो किताबले मलाई आफ्नो डरमाथि नियन्त्रण पाउन मद्दत गर्यो । बिस्तारै मैले आफ्नो बोलीमा परिवर्तन भइरहेको महसुस गरेँ । मैले एक स्पिच थेरापिस्टलाई पनि भेटेँ र आफ्नो स्पिचमा काम गर्न सुरु गरेँ ।’
‘ऋतिकलाई त्यो किताबका लागि जति पटक धन्यवाद दिएपनि कम हुन्छ । त्यो किताब अहिले पनि मसँग छ,’ उनले भनिन् ।
स्मरण रहोस्, समिरा रेड्डीले १२ जुलाईमा छोरी नायरालाई जन्म दिइन् । यसअघि समिराका एक छोरा पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय