शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मैले मेरी प्रेमिकालाई मारेँ र उनको मासु खाएँ’

बुधबार, ०४ भदौ २०७६, ०९ : ४९
बुधबार, ०४ भदौ २०७६

 ६० वर्षका पल ड्युरेन्ट । भर्खरै जेलबाट छुटेका छन् । उनलाई १५ वर्षको जेल सजाय भएको थियो । उनको सजाय पूरा भइसकेको छ । जेलबाट छुटेका उनले पूर्वी लण्डनस्थित एउटा फ्ल्याट लिएका छन् । तर पललाई चिन्ने र उनका छिमेकीहरु उनी रिहा भएकोमा कत्ति पनि खुसी छैनन् । उनीहरु पल बाँचुञ्जेल जेलमा नै हुन् भन्ने चाहन्छन् ।

के हो घटना ?

पल ड्युरेन्ट ब्रिटेनमा बस्थे । उनी लागुऔषध दुर्व्यवसनी थिए । र लागुऔषधका लागि चोरी र लुटपाट पनि गर्दथे । थुप्रै महिनादेखि उनी लुटपाटका दुई मामलामा फरार थिए । ब्रिटेनको पुलिस उनलाई दिनरात खोजिरहेको थियो । उनी भागेर स्पेन पुगे ।

त्यहाँ उनको करेनसँग भेट हुन्छ । ४१ वर्षकी करेन दुई बच्चाकी आमा र सम्बन्धविच्छेद भइसकेकी महिला थिइन् । उनी परिवारसँग अलग स्पेनको काल्पे शहरमा बस्थिन् । उनीसँग भेट भएको एक हप्ताभित्र पल उनीबस्ने बिल्डिङको माथिल्लो तल्लामा सरे ।

कुरा सन् २००४ को फेब्रुअरीको हो । करेन करिब हप्तादिनसम्म आफ्नो फ्ल्याटबाट बाहिर निस्किनन् । छिमेकीलाई शंका भयो । पुलिसलाई जानकारी दिए । पुलिसले करेनको फ्ल्याटको ढोका फुटाउँदा भित्र अत्यधिक रगत र रगत लत्पत्तिएका केही चक्कु छरपस्ट थिए । पुलिसले पलको खोजी सुरु गर्यो ।

अन्ततः उनी पक्राउ परे । उनले करेनको हत्या गरेको स्विकारे । करेनलाई हथौडाले हानेर मारेको र शवलाई स–सानो टुक्रामा काटेको पनि पुलिसलाई जानकारी दिए । साथै, उनको शरीरको खान मिल्ने अंग खाएको पनि उल्लेख गरे । करेनको शव भेट्न सकिएन । सुनुवाईको क्रममा उनका एकजना साथी पनि उपस्थित भएका थिए जसले पलले आफूलाई प्रेमिकाको हत्या गरेर उनको मासु खाएको बारे जानकारी दिएको बताए ।

करेनको हत्या आरोपमा पलललाई १२ वर्षको सजाय भयो । साथै चोरी र लुटको मामलामा उनले १५ वर्षको जेलमा बिताउनु थियो । सजाय पूरा भएपछि सन् २०१९ मा उनलाई स्पेनको जेलबाट रिहा गरियो ।

द सनको रिपोर्ट अनुसार करेन परिवारले पल जेलबाट छुटिएपछि आफूहरुलाई निकै डर लागेको बताए । परिवारका अनुसार पलले आफ्नो अपराध कबुल गरेका थिए त्यसकारण उनलाई छोड्नु सही होइन ।

करेनका परिवार वर्षौपछि पनि उक्त घटनाबाट बाहिर निस्कन सकेका छैनन् । आफ्ना छोरीको हत्यारा खुल्ला हावामा सास फेरिरहेको छ भनेर आफूहरुले सोच्नसमेत नसकेको उनीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप