शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिफोन सम्पर्क विच्छेद हुँदा झापामा उद्धारमा कठिनाइ

आइतबार, २९ साउन २०७४, १० : २५
आइतबार, २९ साउन २०७४

काठमाडौँ । विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण झापा जिल्लाका अधिकांश स्थानहरु बाढी तथा डुबानबाट प्रभावित भएको छ ।

गृहमन्त्रालयका अनुसार जिल्लामा हालसम्म दुई जनाको मृत्यु भएको छ भने सयौँ विस्थापित बनेका छन् ।

चारआली स्थित नेपाली सेनाको श्री काली बहादुर गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जिल्लाको बाढी प्रभावित विभिन्न क्षेत्रमा परिचालन भई उद्धार कार्यमा तल्लिन रहेको छ । 

शनिबार मात्र चारआली स्थित गणबाट खटिएको टोलीले झापा गा.पा.ठ स्थित शरणामती र मदरगाछी ईलाकामा बिरिङ खोलाले गरेको डुबानबाट प्रभावित ३५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो । साथै भद्रपुरको नगरपालिकाको वडा नं. १, २, ३, ५ र ६ स्थित सुकुम्बासी बस्ती, भैसाबाढी ईलाकामा गणको सुरक्षा गुल्म चन्द्रगढीबाट गएको उद्धार टोलीले १५० जना भन्दा बढीको उद्धार गरेको छ ।

सह सेनानी कृष्ण चन्द्र पौडेलले दिएको जानकारी अनुसार आइतबार बिहानदेखि उद्धार टोली डुबान क्षेत्रमा खटिएका छन् । तर, टेलिफोन तथा मोबाइल नचलेको कारण पछिल्लो अपडेट लिन कठिनाई भइरहेको छ । ‘नेपाल टेलिकम, एनसेल लगायत ल्याण्ड लाइन पनि राम्ररी चलेको छैन । पछिल्लो जानकारी लिन कठिनाई भइरहेको छ भने उद्धार टोलीलाई परिचान गर्न पनि कठिनाई भइरहेको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप